कतार एयरवेजले साउदी अरेबियाको मदिना उडान दोब्बर बनाउने, २६ अक्टुबरबाट दैनिक दुइ उडान

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014

काठमाडौं। कतार एयरवेजले साउदी अरेबियाको मदिनाको उडान संख्या दोब्बर बनाउने भएको छ। आउँदो २६ अक्टुबरबाट दोहा–मदिना दैनिक दुई उडान गर्ने कम्पनीले जनाएको छ।
मदिना मुस्लिम धर्मावलम्बीहरुको प्रमुख तिर्थस्थल हो। उडान संख्या दोब्बर बनाए पछि मदिनाबाट दोहा हब भएर लन्डन, पेरिस, बैंकक, हङकङ, न्युयोर्क वासिङ्टन लगायत विश्वभरका गन्तव्यमा पुग्न थप सहज हुने कम्पनीले जनाएको छ।
कतार एयरवेजले सन् १९९७ मा जेदाहबाट साउदी अरेबियामा उडान सुरु गरेको थियो। त्यस पछि दमान, रियाद, मदिना, ताइफ र अल हफफमा कम्पनीले उडान विस्तार गरि सकेको छ। यि गन्तव्यमा गरि दोहा–साउदी साताको कुल ७९ उडान हुँदै आएकोमा अब ८६ पुग्ने भएको छ।
१२ बिजनेश र एक सय ३२ इकानोमी सिट भएको एयरबस ए ३२० जहाज मार्फत उडान गर्ने कम्पनीले जनाएको छ। १७ बर्ष अघि सञ्चालनमा आएको कतार एयरवेजले एक सय ३५ जहाज मार्फत मानव वस्ति रहेका सबै महादेशका एक सय ४४ गन्तव्यमा उडान गर्दै आएको छ।

Tata
GBIME
Nepal Life