सरकारले २६ मध्ये १८ सभासद् मनोनीत गर्याे, माओवादीसहित सानाले ८ सभासदकाे सूची बुझाएनन्
बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
काठमाडौं : सरकारले संविधानसभामा १८ सभासद मनोनीत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २६ मध्ये १८ सभासद मनोनीत गरेको पहिलाेपाेस्ट अनलाइनलले जनाएकाे छ । सरकारले नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपा नेपालको भागमा परेका सभासद मनोनीत गरेको हो। सरकारबाट मनोनीत सभासदमा कांग्रेसका तर्फबाट राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानिया, सूर्यदेव दास उराव ,रुक्मिणी कोइराला, सुकदेव सुतिहार, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा छन्। अधिकारी अघिल्लो संविधानसभामा पनि सभासद थिए। यस्तै एमालेको तर्फबाट उदय नेपाली, अग्नि खरेल, गंगा डाँगी, मिरा धुजु, पेम्बा भोटे,नरेश खरेल, डा. राजन भट्टराई र वर्तमान धिमाल छन्। अग्नि खरेल पनि पहिलो संविधानसभामा सभासद थिए। राप्रपा नेपालको तर्फबाबाट गणेश थापा सभासद मनोनित भएका छन्। अखिल नेपाल खेलकुद संघ (एन्फा) का अध्यक्ष समेत रहेका थापा राप्रपा नेपालका अध्यक्ष कमल थापाका भाइ हुन्। एमाओवादीसहित अन्य दलको भागमा परेका ८ सभासद भने ती दलले सूची नबुझाएका कारण पछि मनोनीत गरिने छ। एमाओवादी अध्यक्ष प्रचण्डले शुक्रबारको व्यवस्थापिका संसद् बैठकमा एमाले महाधिवेशन भन्दा अघि नै नामावली लिएर गएको भएपनि महाधिवेशन छ भन्दै ढिला गरिएको बताएका थिए।