स्कोडा रेपिड कारमा एक्सचेञ्ज अफर, फाइनान्स र तुरुन्त डेलिभरी सुविधा, मुल्य ३३ लाख २५ हजार

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014

काठमाडौं। नेपालका लागि युरोपियन स्कोडा कारको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले हालै बजारमा भित्र्याएको लिमिटेड एडिसन रेपिड कारमा इन्स्टेन्ट एक्सचेञ्ज अफर ल्याएको छ। शनिबार देखि मंगलबार सम्म थापाथली स्थित सोरुममा सञ्चालन हुने एक्सचेञ्जमा ग्राहकले जुनसुकै पुरानो कार ल्याएर नयाँ रेपिड लैजान सक्ने जनाइएको छ।
३३ लाख २५ हजार रुपैयाँ मुल्यको यो कार साट्न जाँदा विषेश सुविधा सहित स्पट एक्सचेञ्ज, फाईनान्स र तुरन्तै डेलिभरी पाइने कम्पनीले जनाएको छ। एक हजार छ सय सिसीको यो कारमा स्टिरिङ्ग माउन्ट कन्ट्रोल, ब्लुटुथ कनेक्टिभिटी, डुयल एयर ब्याग, एन्टि पिन्च सेन्सर विन्डो, टिल्ट एण्ड टेलिस्कोपिक स्टिरिङ्ग व्हिल्, प्रोजेक्टेड हेड ल्याम्प, अलोए व्हिल् जस्ता विशेषता छन्। एक्स्चेन्ज अफर हरेक दिन बिहान १० बजे बाट सुरु भई साँझ ६ बजे सम्म चल्नेछ।

Tata
GBIME
Nepal Life