छ महिनापछि नेप्सेले छान्यो परामर्शदाता, तीन अन्तराष्ट्रिय कम्पनी छानिए, अन्तिम छनौट अझै बाँकी

बिजमाण्डू
२०७१ भदौ १३ गते ००:०० | Aug 29, 2014
काठमाडौं । नेपाल स्टक एकसचेन्जले करिब छ महिना अघि थालेको परमर्शदाता छनौंट प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ । नेप्सेले शुक्रवार सुचना जारी गरेर परामर्शदाताको लागि पहिलो चरण तीन कम्पनी छनौट गरेको उल्लेख गरेको छ ।  दाइवा इन्स्टिच्युट अफ रिसर्च, द इन्टरनेसनल सेक्युरिटिज कन्सल्टिङ र कोरिया एक्सचेन्ज छनौट गरेको छ । 
 
नेप्सेले छानिएका तीन कम्पनीलाई  प्रस्ताव (रिक्वेष्ट फर प्रपोजल) माग गरेको छ । नेप्सेले चालु आर्थिक वर्षको दोस्रो त्रैमासभित्र प्रतिवेदन पेश गरिसक्न छानिएका कम्पनीहरुलाई समयावधी दिएको छ ।  नेप्सेले हालकै प्रणालीलाई स्तरोन्नत्ती गर्न सकिने वा अर्को प्रणाली नै बिकास गर्नुपर्ने टुंगो लगाउन पनि कम्पनीहरुलाई भन्दै आएको छ । 
 
आवेदन दिनेमा भारतीय, चीनिया, श्रीलंकन, कोरियन देखि जापनिज कम्पनीहरु समेत रहेका थिए । छानिएका कम्पनीहरु अन्तराष्ट्रिय नै हुन । दाइवा जापनको, द इन्टरनेशनल हङकङको र कोरियन एक्सचेन्ज कोरियाका कम्पनी हुन ।

Tata
GBIME
Nepal Life

नेप्सेले आफ्नो कारोबार प्रणालीलाई बिकसित गरि पूर्ण स्वाचालित प्रणालीमा लान गत माघ अन्त्यबाट परामर्शदाता छनौटको प्रक्रिया अगाडी बढाएको थियो । पुरा अटोमेसनमा गएपछि लगानीकर्ताले घरैमा बसेर आफ्नो कम्युटर आईडी नम्बरबाट सेयर खरिद बिक्री गर्न सक्नेछन । 
 

परामर्शदाताको लागी १० कम्पनीले नेप्सेमा आवेदन दिएका थिए । आवेदन दिएका अन्य कम्पनीहरुमा म्यानेजमेन्ट एन्ड फाइनान्सीयल कन्सल्टेन्ट, अर्नेस्ट एन्ड यङ श्रीलंका, कोचर कन्सल्ट्यान्ट, नोमुरा रिसर्च इन्स्टिच्युट फाइनान्सीयल टेक्नोलोजीज, प्राइसवाटर हाउस कुपर। इन्डिया, एस आर एस कन्सल्टिङ र टाइगर एलएलसी रहेका थिए ।

चालु आर्थिक बर्षभित्रै कारोबारलाई पूर्ण स्वचालित प्रणालीमा लैजाने लक्ष्य नेप्सेले राख्दै आएको थियो । तर जानकारहरु नेप्सेलाई पूर्ण स्वाचालित प्रणालीमा लैजान खर्च बढि लाग्ने र सरकार कै मातहतमा रहेकोले यस्तो निर्णय गर्न सजिलो नहुने बताउछन ।