भार्गव विकास बैंक स्थापनाको आठौं वर्षमा, बागेश्वरी मन्दिरको सफाई, रक्तदान कार्यक्रम पनि

बिजमाण्डू
२०७१ भदौ १४ गते ००:०० | Aug 30, 2014
भार्गव विकास बैंक स्थापनाको आठौं वर्षमा, बागेश्वरी मन्दिरको सफाई, रक्तदान कार्यक्रम पनि


काठमाडाै‌ ।  नेपालगञ्जमा रहेको भार्गव विकास बैंकले सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । यस वार्षिकोत्सवमा बैंकले बागेश्वरी मन्दिर परिसर सरसफाई गरेको छ । कार्यक्रममा बैंकका कार्यकारी प्रमुख पुष्करराज जोशी लगायत कर्मचारी, आमन्त्रित सहभागी थिए ।
बैंकले रक्तदान कार्यक्रम पनि गरेको थियो । कार्यक्रममा बैंकका कार्यकारी प्रमुख, विभागीय प्रमुख, म्यानेजर लगायत कर्मचारी एवं ग्राहक गरी ३१ जनाले रक्तदान गरेका थिए ।
बाँके, दाङ र बर्दिया जिल्ला कार्यक्षेत्र रहेको बैंकले २०६८ सालमा सर्वसाधारणमा शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम पूँजी पूरा गरेको छ । हाल बैंकको प्रधान कार्यालय लगायत छ वटा शाखा संजाल छन् । यसमा तीन वटा शहरी क्षेत्र (नेपालगन्ज, तुल्सीपुर,  र कोहल्पुर) र तीन वटा ग्रामीण क्षेत्र (नारायणपुर, बाँसगढी, मगरागाडी) शाखा रहेको बैंकले जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life