यामाहाले ल्यायो विजययात्रा योजना, भदौ १३ गतेदेखि लागु, १० हजारसम्म नगद छुट पाइने ब्यवस्था

बिजमाण्डू
२०७१ भदौ १४ गते ००:०० | Aug 30, 2014

काठमाडौं । यामाहाको नेपालस्थित आधिकारिक विक्रेता मोरंग अटो वर्क्स इन्टरप्राइजेजले दसैँ तथा तिहारको अवसर पारेर यामाहा 'विजय यात्रा' योजना ल्याएको छ।
 
आफ्ना ग्राहकहरुलाई लक्षित गरेर ल्याएको यस योजनामा ग्राहकले प्रत्येक यामाहा मोटरसाइकल किन्दा १० हजार र यामाहा स्कुटर किन्दा आठहजार रुपैयाँ नगद सिधा छुट पाउन सक्नेछन्।
 
साथै हरेक हप्ता लक्की ड्र मार्फत भाग्यशाली  दुइजना विजेताले क्रमश: एक लाख र पचास हजार पाउनेछने भने अन्य दुइ जना भाग्यमानी विजेताले पच्चीसपच्चीस हजार  जित्ने मौका पाउने मोरंग अटो वर्क्सले जनाएको छ । हप्तामा ४ जना भाग्यशाली विजेता छनौट गरिने कम्पनीले जनाएको छ।
 
यो उपहार योजना २०७१ भदौ १३ गतेदेखि सिमित अवधि भित्र यामाहाको जुनसुकै मोटरसाइकल वा स्कुटर खरिदमा लागू हुनेछ।
 
मोरंग अटो वर्क्सले आफ्ना ग्राहकहरुका लागि नयाँनयाँ आर्कषक उपहार योजना ल्याउने गरेको  छ। गत वर्ष पनि वजनदार (चाँदी कति आफ्नो वजन जति) भन्ने दसैंतिहार योजना ल्याएको थियो।
 
विश्वमा मोटरसाइकल उत्पादन गर्ने उद्योगहरु मध्ये यामाहा पनि एक अग्रणी उद्योग हो । जसले मोटरसाइकलका विभिन्न मोडलहरु उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ।
 
 

Tata
GBIME
Nepal Life