एप्पलले १२.९ इन्चकाे अाइप्याड उत्पादन गर्दै, स्टक क्लियरेन्सलार्इ स्टोरमा सय डलरसम्म गिफ्ट

बिजमाण्डू
२०७१ भदौ १४ गते ००:०० | Aug 30, 2014
एप्पलले १२.९ इन्चकाे अाइप्याड उत्पादन गर्दै, स्टक क्लियरेन्सलार्इ स्टोरमा सय डलरसम्म गिफ्ट

अमेरिकी स्मार्टफोन उत्पादक एप्पलले पहिलो पटक १२.९ इन्च फराकिलो आइप्याडको उत्पादन गर्न लागेको छ | सन् २०१५ को पहिलो चौमासिकबाट उत्पादन सुरु गर्न उसले आफुलाई आवश्यक पर्ने सामग्री हार्डवेयर उत्पादकसंग बिगत एक बर्षदेखि छलफल गरिरहेको एप्पल सम्बद्ध गोप्य स्रोतले जानकारी दिएको ब्लूमबर्गले आफ्नो रिपोर्टमा लेखेको छ |

Tata
GBIME
Nepal Life

अहिले एप्पलले ७.९ इन्च र ९.७ इन्चका आइप्याडको उत्पादन गर्दै आइरहेको छ | आउदो सेप्टेम्बर ९ को इभेन्ट उसको नयाँ आइफोन र स्मार्ट वाचप्रति लक्षित छ | सेप्टेम्बर ९ लाई लक्षित गर्दै उसले आफ्ना उत्पादनमा पचासदेखि एक सय अमेरिकी डलरसम्म एप्पल स्टोर गिफ्ट कार्डको ब्यबस्था गरेको छ | उसले म्याकको खरिदमा एकसय डलर र आइप्याड र आइफोनको खरिदमा पचास डलरको गिफ्टकार्ड दिनेछ |

एप्पलकाे यो योजना सेप्टेम्बर ९ सम्म लागू हुनेछ | स्टक क्लियरेन्सले पनि उसका नयाँ उत्पादनको सार्बजनिक हुने मितिलाई संकेत गरेको छ |

एप्पलको कुल व्यापारको दोश्रो ठूलो हिस्सा ओगट्ने आइप्याडको बिक्रि बढाउने प्रमुख कार्यकारी अधिकृत टिम कूकले ट्याब्लेटको उत्पादनलार्इ दरिलो कडीको रुपमा लिएका छन् | ठूला स्क्रिन भएका स्मार्टफोनमा प्रयोगकर्ताको होड बढीरहेको अवस्था र आइप्याडको बिक्रिमा आएको सुस्तता जारी रहँदा उसको यो नयाँ उत्पादनको लक्ष केहि रहस्यमयी भने बनेकाे छ |

फराकिला स्क्रिन रहने आइप्याडको उत्पादन कामकाजी व्यक्ति लक्षित छ | यसले कार्यकक्षमा राम्रै स्थान जमाउने निश्चित छ | गत जुलाईमा आइबिएमसंगको सहकार्य सार्वजनिक भए यता उसको इन्टरप्राइज लक्षित उत्पादन सार्बजनिक हुन लागेको हो | एप्पलले आइफोन र आइप्याडलाइ ब्यबसाय लक्षित गर्दै जाने लक्ष राखेको छ साथै उसले यसमा उद्यमीलाइ सहयोगी प्रि-एप्स पनि राखीदिने छ |