आन्तरिक उडानका ३ वायुसेवा कम्पनीले हवाइ भाडा बढाए, १ सय रुपैयाँले बढ्यो, भोलिदेखि नयाँ भाडा लागु

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014

काठमाडौं । दसैंको मुखमा आएर आन्तरिक उडान गरिरहेका ती वायु सेवा कम्पनीले भाडा बढाएका छन् । नियमति उडानका बुद्धएयर, यती एयरलाइन्स र सिम्रिक एयरलाइन्सले सेप्टेम्बर १ गते (भोलि सोमबार) बाट लागू हुने गरी हवाई भाडा बढाएका हुन् ।

Tata
GBIME
Nepal Life

नियमित उडान गर्ने यी तीनवटा वायुसेवाले सुगम क्षेत्रमा लिने दुई भन्दा बढी प्रकारको भाडादरमा न्युतममा एक सय रुपैयाँ वृद्धि गरेको बुद्ध एयरका बरिष्ठ बजार निर्देशक रुपेश जोशीले बताए।

उनका अनुसार सरकारले निर्धारण गरेको न्युनतमदेखि उच्चतमसम्म हवाई भाडा दरका आधारमा नयाँ शुल्क तोकिएको छ । न्युनतम भाडा अर्थात सस्तो भाडादरमा एक सय रुपैयाँले बृद्धि गरेको जोशीले जानकारी दिए। यो हवाई भाडा पोखरा, विराटनगर, नेपालगञ्ज भद्रपुर, तुम्लिङटार, जनकपुर, भरतपुरसहितका गन्तव्यमा लागू हुने छ ।