गोर्खा विकास बैंकले सात शाखा गाभ्ने, खर्च घटाउन राजधानीका चार र बाहिरका तीन शाखा खुम्चिने

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014

काठमाडौं । गोर्खा विकास बैंकले साता वटा शाखा गाभ्ने भएको छ । गोर्खा बैंक व्यवस्थापनमा सम्लग्न नेपाल राष्ट्र बैंकको टोलीले राजधानीका चार र बाहिरका तीन शाखा खुम्च्याउने निर्णय गरेको हो ।
राजधानीका बौद्ध, नयाँ बानेश्वर, बालाजु र भक्तपुर शाखा केन्द्रिय कार्यालय पुतली सडकमा गाभ्ने जनाइएको छ । त्यस बाहेक राजधानी बाहिरको कोहलपुर शाखा नारायणगढ एबं दमक र धरान शाखा इटहरी स्थित कार्यालयमा गाभ्न लागिएको हो । सबै शाखा २९ भदौमा गाभ्ने बैंकले जनाएको छ ।
बैंक सुधारको क्रममा कर्मचारी व्यवस्थापन एबं सञ्चालन लागत घटाउन शाखा गाभ्न लागेको ब्यवस्थापनले जनाएको छ । शाखा गाभ्नु अगावै कारोबार गरेको शाखामा गएर ऋण तिर्न एबं निक्षेप फिर्ता लिन समेत बैंक व्यवस्थापनले सबै ग्राहक एबं सरोकारवालालाई आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरि गोर्खा विकास बैंकको व्यवस्थापन जिम्मा लिएको हो ।

Tata
GBIME
Nepal Life