पिपल्स फाइनान्स सुधारमा, २ करोड बढि खुद मुनाफा कमायो, अझै पनि खराब कर्जा ९८ प्रतिशत माथि

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014

काठमाडौं । पुँजीकोष न्युन बनेपछि नेपाल राष्ट्र बैंकले शिघ्र सुधारात्मक कारबाही गरेको पिपल्स फाइनान्सको अवस्था सन्तोषजनक देखिएको छ । संस्थाले पुँजीकोष पुर्याएको छ भने ऋणअसुलीमा पनि आशा गरे बमोजिमको सुधार देखिएको छ ।
अघिल्लो आर्थिक बर्षमा ९.४७ प्रतिशतमा झरेको पुँजीकोष गत असार मसान्तमा ४०.५२ प्रतिशत पुगेको हो । पुँजीकोष ११ प्रतिशतको सिमामा नरहे पछि कम्पनीले गत बर्ष निक्षेप संकलन र कर्जा प्रवाह गर्न पाएन । तथापी पुरानो ऋण उठाउन र निक्षेप फिर्ता दिनमा कम्पनी सफल देखिएको छ । अघिल्लो बर्ष फाइनान्सको कुल कर्जा ३६ करोड ५७ लाख ३३ हजार रुपैयाँ थियो । त्यसमध्ये ९७.३३ प्रतिशत खराब कर्जा सुचिकृत भइ सकेको थियो ।
अहिले कर्जा तीन करोड २७ लाख २३ हजारमा झरि सकेको छ । यसरि एक बर्षमा कम्पनी व्यवस्थापनले ९० प्रतिशत भन्दा धेरै कर्जा उठाएको छ । अझै पनि खराब कर्जा ९८.३३ प्रतिशत छ । धितोमा रहेको सम्पत्ति सकारेर उल्लेख्य ऋण उठाएको कम्पनीले जनाएको छ । पुँजीकोष पुगि सकेको हुँदा अब नियमित कारोवारमा जाने लक्ष कम्पनीको छ । कम्पनीले खराब कर्जा उठाएर गत आर्थिक बर्षमा दुई करोड १५ लाख ८८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ ।

Tata
GBIME
Nepal Life