आईएमईको बिदेशमा परिवार भेट योजना, लक्कि ड्र बिजेताका परिवारलाई बिदेशमै आफन्त भेटाइदिने

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
आईएमईको बिदेशमा परिवार भेट योजना, लक्कि ड्र बिजेताका परिवारलाई बिदेशमै आफन्त भेटाइदिने


काठमाडौं । रेमिट्यानस सेवा प्रदायक आईएमईले दशैं, तिहारलाई लक्षित गरेर ‘आईएमई बिदेशमा परिवार भेट’ योजना ल्याएको छ । यस योजनामा सहभागी भएर बम्पर लक्की ड्र बिजेता हुने एक परिवारलाई कम्पनीले आफन्त रहेको देशमा पाँच दिनको बैदेशिक भ्रमण गराउने छ । यस्तो भ्रमणमा परिवारका चार जना सदस्य सहभागी हुन पाउने आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Tata
GBIME
Nepal Life

यो योजनामा विदेशबाट नेपालमा आइएमइ मार्फत रकम पठाउँदा भुक्तानी पाउनेले भाग लिन पाउने छन् ।  भदौं १६ देखि असोज १९ गतेसम्म सञ्चालन हुने यो योजनामा बिदेशबाट नेपालमा आईएमई गर्नेले दैनिक लक्कि ड्रमा छनौट भएर स्र्माट फोन पाउने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै, साप्ताहिक रुपमा गरिने लक्कि ड्रमा विजेताले आइप्याड पाउने छन् ।  नेपालमा भुक्तानी लिनेले भने दैनिक लक्कि ड्रमा छनौट भएपछि स्काइ लगेज ब्याग र साप्ताहिक लक्कि ड्रमा डिजिटल क्यामेरा पाउने छन् । लक्कि ड्रको नतिजा कम्पनीको आधिकारिक वेबसाइट, सामाजिक सञ्जाल र राष्ट्रिय स्तरका दैनिक पत्रपत्रिकामा प्रकासित गरिने कम्पनीले सरी दिएको छ ।

नेपालमा एक सय नौं आईएमई सेन्टर, तीन हजारभन्दा बढि रेमिट्यान्स भुक्तानी काउन्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका शाखा प्रयोग गरेर आइएमइ गर्नेलाई योजनामा सहभागी गराइने छ ।

पत्रकार सम्मेलनमा कम्पनीका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ योजना व्यापारिकभन्दा पनि सामाजिक रुपमा ल्याएको बताए । नम्वर वान रेमिट्यान्स कम्पनीमाथि थप जिम्मेवारी हुने भन्दै नयाँ योजनाले सामाजिक सन्देश दिने बताए ।

अध्यक्ष ढकालले आईएमईले स्वदेश तथा विदेश दुवैतर्फ आफ्नो सञ्जाल विस्तार गरिरहेको जानकारी दिए । उनले भारतबाट रेमिट्यान्स ल्याउनका लागि अर्को एक बैंकसँग साझेदारी गर्ने तयारी भैरहेको पनि बताए ।

आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोख्रेलले कम्पनीको सञ्जाल ग्रामिण तहसम्म विस्तारको तयारी भैरहेको बताए । एजेन्ट, बैंक, विकास बैंक, फाइनान्स र सहकारीको माध्यमबाट हामीले आफ्नो सञ्जाल हरेक गाविससम्म पुर्याउन प्रयास गरिरहेका छौं, उनले भने, यसबाट सेवाग्राहीलाई घरदैलो मै सेवा प्राप्त हुनेछ ।

सिईओ पोख्रेलले आईएमईका ग्राहकलाई कार्ड दिने गरी सेवा विस्तारको तयारी भैरहेको पनि बताए ।