चौधरी समूहमा इजरायली राजदूत, इजरायली लगानीकर्तालाई नेपालको कृषीमा लगानी गर्न आव्हान

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
चौधरी समूहमा इजरायली राजदूत,  इजरायली लगानीकर्तालाई नेपालको कृषीमा लगानी गर्न आव्हान



काठमाडौं । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले नेपालको कृषी क्षेत्रमा लगानी गर्न इजरायली लगानीकर्तालाई आव्हान गरेका छन् । आईतबार चौधरी समूहको अवलोकन भ्रमणमा गएका नेपालकालागि इजरायली राजदूत यारोन मायेरसँंगको अन्तरक्रियामा अध्यक्ष चौधरीले नेपालको दुई तिहाई जनसंख्या कृषीमा संलग्न रहे पनि व्यवसायिक कृषीमा पछि परेको बताए ।
अध्यक्ष चौधरीले व्यवसायिक कृषिमा इजरायलको विशेषज्ञता नेपालका लागि प्रभावकारी सावित हुने विश्वास ब्यक्त गरे । ‘नेपालको कृषी क्षेत्रको रुपान्तरणका लागि नेपालको जागरुक जनशक्ति र इजरायलको विशेषज्ञता निकै प्रभावकारी सावित हुन सक्छ’, अध्यक्ष चौधरीले भने, ‘नेपालको कृषी क्षेत्रमा रहेको प्रचुर सम्भावनालाई हामीले सहकार्य गर्न आवस्यक छ ।’
अध्यक्ष चौधरीले आफ्नो समूहले नेपालमा कार्यान्वयनमा ल्याएको सिजी नेपाल सोसल विजनेशको उद्देश्यकाबारेमा पनि राजदूत मायेरलाई जानकारी दिएका थिए ।
‘हामी नेपालको सामाजिक विकासमा प्रभावकारी योगदान पु¥याउन चाहान्छौं’, अध्यक्ष चौधरीले भने, ‘सोहीउदेश्य परिपुर्तिका गर्न हामीले सोसल विजनेशको अवधारणा कार्यान्वयनमा ल्याएका हौँं ।’नेपालका धेरै युवासँग श्रृजनशिल व्यवसायिक अवधारणा छन् । तर, पुँंजीको अभावमा उनीहरुले यस्ता अवधारणालाई कार्यान्वयन गर्न पाईरहेका छैनन्, उनले भने ।
राजदूत मायेरले नेपालको कृषी क्षेत्र लगायतका क्षेत्रमा लगानी विस्तारकालागि इजरायली लगानीकर्तालाई प्रोत्साहन गर्ने बताए । चौधरी ग्रुपले नेपालमागरिरहेको लगानीविस्तार र  रोजगारी सृजनाबाट नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको धारणा पनि उनले राखे  ।
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाणा चौधरीले ग्रुपका गतिविधिका बारेमा जानकारी दिदै सामाजिक उत्तरदायित्वसहित आफ्नो ग्रुपले नेपालमा लगानी विस्तारका विभिन्न योजना कार्यान्वयन गरिरहेको जानकारी दिए । नेपालमा लगानी विस्तारकालागि नेपाल र इजरायलबीच द्विपक्षिय साझेदारी आवश्यक रहेको धारणा पनि उनले राखे ।

Tata
GBIME
Nepal Life