सिद्धार्थ डेभलपमेन्ट बै‌क र सगरमाथा मर्चेन्टबीच रेमिटेन्स सम्झौता, नेपाल बैंक र सिटीबीच पनि

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
काठमाडौं। सिद्धार्थ डेभलपमेन्ट बैंकको एसडिबिएल ट्रस्ट रेमिटले सगरमाथा मर्चेन्ट बैंकिङ एन्ड फाइनान्ससँग रेमिटेन्स सम्झौता गरेको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सगरमाथाका प्रमुख कार्यकारी अधिकृत मनवहादुर राईले हस्ताक्षर गरेका छन्। 

 
सम्झौतापछि सगरमाथाको छ वटा शाखालगायत एसडिबिएल रेमिटका ८७५ भन्दा वढी एजेन्टमार्फत विभिन्न स्थानबाट रकम पठाउन र भुक्तानी लिन सकिन्छ। सिद्धार्थले मलेसियाबाट इनवार्ड रेमिटेन्स सेवासमेत प्रदान गर्दै आएको छ।
 
यसैगरी विदेशमा रहेका नेपालीहरुले श्रम गरी आर्जन गरेको रेमिट्यान्स मुलुक भित्र्याउँदै आएको रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ। सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत पठाएको पैसा नेपाल बैकका शाखाहरुबाट भुक्तानी लिन सकिने छ। 

 
सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल बैंककाख व्यवस्थापन समूहका संयोजक महेश्वरलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। 
 
 

Tata
GBIME
Nepal Life