अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयको प्रतिनिधिमण्डल काठमाडौंमा, विदेशी विद्यार्थीलाई छात्

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयको प्रतिनिधिमण्डल काठमाडौंमा, विदेशी विद्यार्थीलाई छात्


काठमाडौं । अष्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई दुई लाख ५० हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति दिने भएको छ । विश्वविद्यालयले २०१५ का लागि अन्तर्राष्ट्रिय वाणिज्य, अर्थशास्त्र र कानून संकायमा यो छात्रवृत्ति घोषणा गरेको हो ।
विश्वविद्यालयको वाणिज्य, अर्थशास्त्र र कानून संकायका कार्यकारी डिन प्रो लि ड्रेकको नेतृत्वमा नेपाल आएको एक प्रतिनिधि मण्डलले दुवै देशका विद्यार्थीहरुलाई विभिन्न अध्ययन तथा आदान–प्रदान कार्यक्रमबाट नयाँ र सुधारिएको अवसर सिर्जना गर्ने कुरामा पनि जोड दिएको छ ।
यसैबीच विश्वविद्यालयले काम गरिरहेकाहरुका लागि लक्षित गर्दै अनलाइन एमबिए कोर्ष पनि ल्याउने भएको छ । यसमा १० प्रमुख विषयहरु र २ ऐच्छिक विषयहरु रहनेछन् । यो कोर्षले विद्यार्थीहरुलाई उद्यमशीलता वा अन्तर्राष्ट्रिय व्यवस्थापनमा विशेषज्ञता हासिल गर्न मद्दत गर्ने विश्वविद्यालयको विश्वास छ । विद्यार्थीहरुले इपोर्टफोलियो तथा उनीहरुले पढेका सम्पूर्ण विषयलाईसँगै ल्याउने अन्तिम बोर्डरुम अनुकरण जस्ता दुईवटा पेशागत अनुभव पनि प्राप्त गर्ने विश्वविद्यालयले जनाएको छ ।

Tata
GBIME
Nepal Life