एनआईसी एशिया बैंकले दुई शाखा थप्यो, वालिङ र दमौलीमा नयाँ शाखा, कुल संख्या ६१ पुग्यो

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
एनआईसी एशिया बैंकले दुई शाखा थप्यो, वालिङ र दमौलीमा नयाँ शाखा, कुल संख्या ६१ पुग्यो


Tata
GBIME
Nepal Life

काठमाडौं। एनआईसी एशिया बैंकले स्याङ्जाको वालिङ र तनहुँको दमौलीमा शाखा विस्तार गरेको छ। बैंकले दुवै शाखाबाट औपचारिक रुपमा आफ्नो कारोबार सञ्चालन गरेको छ। उक्त शाखाको बैंकका सञ्चालक विनोदकुमार प्याकुरेल र प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले संयुक्त रुपमा उदघाटन गरे।

नयाँ शाखा विस्तारसँगै बैंकको कुल शाखा संख्या ६१ पुगेको छ भने ६१ एटीएम, कल सेन्टर तथा इन्टरनेट बैंकिङका सञ्जाल पनि विस्ता भएको छ।
बैंकले गत आर्थिक वर्ष २०७०/७१ मा ८१ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको बैंकले जनाएको छ। यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २७ प्रतिशतले धेरै हो ।