माइक्रोम्याक्सको नयाँ मोवाइल बजारमा, मूल्य ६ हजार एक सय ७१ रुपैयाँ, ३.५ इन्चको टच स्क्रिन

बिजमाण्डू
२०७१ भदौ १५ गते ००:०० | Aug 31, 2014
माइक्रोम्याक्सको नयाँ मोवाइल बजारमा, मूल्य ६ हजार एक सय ७१ रुपैयाँ, ३.५ इन्चको टच स्क्रिन
काठमाडौं। माइक्रोम्याक्सले नेपाली बजारमा नयाँ मोवाइल फोन सार्वजनिक गरेको छ। माइक्रोम्याक्सले माइक्रोम्याक्स बोल्ट एजेरोसिक्सफोर मोवाइल बजारमा ल्याएको हो। 
नयाँ मोवाइलमा एन्ड्रोइड किटक्याट ४.२.२ रहेको कम्पनीले जनाएको छ। साथै नयाँ मोवाइलमा ३.५ इन्चको स्क्रिन रहेको छ। यस नयाँ फोनमा १.३ गिगाहर्ज डुअल कोर प्रोसेसरसमेत रहेको छ। 
 
नयाँ मोवाइलमा चार जिबी रोम र एलइडी फ्ल्यास रेर क्यामेरा रहेको छ। यसबाट प्रयोगकर्ताले आफूले आफ्नो फोटो अगाडिबाट खिच्न सकिने कम्पनीले जनाएको छ। 
 
डुअल सिम लाग्ने फोनमा १४ सय एमएएचको शक्तिशाली ब्याटि्र रहेको कम्पनीले जनाएको छ। नयाँ मोवाइलको मूल्य छ हजार एकसय ७१ रुपैयाँ रहेको छ ।

Tata
GBIME
Nepal Life