भन्सार छलेर नेपाल ल्याइएको कपडा बरामद, २० लाख रुपैयाँ बराबरको कपडा समातियो

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
काठमाडौं । अञ्चल प्रहरी कार्यालय नारायणीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको कपडा बरामद गरेको छ । राजश्व चुहावट तथा तस्करी नियन्त्रण गर्न अभियान नै चलाएको प्रहरीले यही भदौ १६ गते भारतबाट भन्सार छलेर चोरी पैठारी गर्दैगर्दा सो कपडा समाएको हो । 
भारतबाट भन्सार छलेर कपडा नेपाल भित्र्याइँदै छ भन्ने गोप्य सूचनाको आधारमा वीरगन्ज उपमहानगरपालिका इनर्वा १९ मा सो कपडा बरामद गरिएको थियो । प्रहरी आएको सूचना पाएपछि तस्करहरु कपडा त्यही छाडेर भागेको अञ्चल प्रहरी कार्यालय नारायणीले जनाएको छ। 
 
प्रहरीले बरामद गरेको कपडाको मूल्य करिव २० लाख रुपैयाँ बराबरको रहेको जनाइएको छ । समातिएका कपडाहरु प्रहरी कार्यालयमा ल्याइएको र उक्त समानहरु आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा पठाइएको प्रहरीले बताएको छ। । 
 
समातिएका कपडाहरु:
१. कुर्ता सुरुवाल एकसय ३५ पिस 
२.सियाराम कम्पनीको सुटपाइन्ट कपडा एकसय १३ रोल, 
३. लोमवार्ड कम्पनीको सुटपाइन्ट कपडा एकसय ६ रोल, 
४. मिस्टर कम्पनीको सुटपाइन्ट कपडा ७१ रोल, 
५. चिनार कम्पनीको सुटपाइन्ट कपडा ३५रोल, 
६. रेटन कम्पनीको सर्ट कपडा ५० रोल, 
७. सियाराम कम्पनीको सर्ट कपडा १९ रोल
८. साइकल ११ थान 
 

Tata
GBIME
Nepal Life