बीमा समिति, धितोपत्र बोर्डपछि राष्ट्र बैंकमा कर्मचारीको आन्दोलन, गभर्नरको कार्यकक्षमा धर्ना

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014

काठमाडौं। नियामक निकायहरुमा चलेको कर्मचारी आन्दोलन सर्दै राष्ट्र बैंकसम्म पुगेको छ । बीमा समिति हुँदै धितोपत्र बोर्डमा भएको आन्दोलन नसकिदै राष्ट्र बैंकमा पनि शुरु भएको छ । सोमवार राष्ट्र बैंकका कर्मचारीहरुको एक संगठन ‘नेपाल वित्तीय संस्था कर्मचारी संघ’ ले सोमवार बिहान गभर्नर, डेपुटी गभर्नर लगायतका अन्य उच्च पदस्थ कर्मचारीहरुलाई घेराबन्दि गरेका छन । बिहान १० बजे देखि ११ बजेसम्म घेरा बन्दि गरेका कर्मचारीले त्यसपछि १२ बजेसम्म गभर्नरको कार्यकक्षमा धर्ना दिएका छन ।

 
गत १३ गतेबाट आन्दोलन सुरु गरेको संघले २० गते सम्म दैनिक एक घण्टा धर्नाको कार्यक्रम चल्ने र छलफल निष्कर्षमा नपुगे अर्काे चरणको आन्दोलन गर्ने बताएको छ । ‘अघिल्लो बर्षको बैसाखमा नै कर्मचारी विनियमावली संशोधन गर्ने भनिएकोमा युनियनलाई सहभागी गरिएन, र अनततः संशोधन हुन सकेन,’ संघका अध्यक्ष पदम राज रेग्मीले भने । कर्मचारीको बढुवा, सरुवा, तालिम भ्रमण लगायतमा असमझदारी देखिएपछि विनियमावली संशोधनको कुरा उठेको थियो । 
 
कर्मचारीहरुले काम गर्न सक्ने भौतिक पुर्वाधारहरु शाखा कार्यालयमा नभएको, तालिममा नातेदारलाई पठाउने गरिएको, माथिल्लो तहका अधिकारीहरुले आफु निकटका कर्मचारीहरुलाई मात्र प्राथमिकतामा राख्ने गरेको लगायतका आरोप संघले लगाएको छ । विनीयमावली संशोधनको लागि बैठक बस्ने र भक्ता पचाउने काम मात्र भएको भन्दै उनीहरुले विनियमावली संशोधन तत्काल हुनु पर्ने माग राखेका छन । गभर्नर डा.युवराज खतिवडाले यस बिषयलाई चाँडै टुंगो लगाउने बताउएको संघले जानकारी दिएको छ । 
 
नेपाल राष्ट्र बैंकमा हाल चार युनियन संघ गठन भएका छन । नेपाल वित्तीय संस्था कर्मचारी संघमा ६० प्रतिशत कर्मचारी रहेको रेग्मीले दाबि गरे । 
 

Tata
GBIME
Nepal Life