बजार सुधारको दिशामा, नौं सय २८ बाट फर्कियो, मर्जिन लेण्डिङको हल्ला निराधार

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
बजार सुधारको दिशामा, नौं सय २८ बाट फर्कियो, मर्जिन लेण्डिङको हल्ला निराधार
काठमाडौं। सेयर बजारमा सुधारको संकेत देखिने विश्वास विशेषज्ञहरुले गरेका छन । सोमवार नेप्से फर्किएको बिन्दु नौं सय २८ लाई नै ‘यु टर्न’ को संकेतको रुपमा उनीहरुले लिएका छन । नेप्से नौं सय २८ सम्म पुगेर बजार बन्दु हुँदा नौं सय ४६ मा आइपुग्यो । यो अघिल्लो दिनको भन्दा छ अंकले कम हो । 
 
सेयर धितोमा दिइने मार्जिन कर्जामा कडाइ गरिने खबर निराधार भएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । त्यस्तो कुनै पनि निर्णय प्रक्रियामा नरहेको उनले बताए । कर्जामा कडाईको खबरले पनि लगानीकर्ता आत्तिएका छन ।   
 
२० प्रतिशत बोनस सेयरको घोषणाले सेवा बिकास बैंकको सेयर मूल्य करिब साढे पाँच प्रतिशतले बढेको छ । एभरेष्ट बैंकको मूल्यमा पनि सुधार देखिएको छ । १२ प्रतिशत बोनस सेयर र ५० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । यससंगै बैंकको सेयर मूल्य घट्न थालेको थियो । तर सोमवार बैंकको सेयर मूल्यमा सुधार भएको छ । बैंकको सेयर मूल्य तीन प्रतिशतले बढेको छ । दिर्घकालिन लगानीको लागी यो सेयर अझै उपयुक्त नै रहेको सेयर बिश्लेषकहरु बताउछन । बैंकको सेयर कारोबार पनि बढेर सात करोड रुपैयाँ पुगेको छ ।   

२८ कम्पनीका सेयरलार्इ  मात्र लगानीकर्ताले बढि मूल्य हाल्न तयार भएको देखिएको छ । जसमध्ये केहीले लाभांश घोषणा गरिसकेका छन भने केहीको लाभांश राम्रो आउने लगानीकर्ताहरुमा आशा छ । 

Tata
GBIME
Nepal Life

धेरै कम्पनीको सेयर मूल्य न्युनतम बिन्दुबाट फर्किएको देखिन्छ । मूल्य बढेका कम्पनी बाहेक अन्यको पनि मूल्य बढ्ने क्रममा रहेको छ । बिराट लक्ष्मी बिकास बैंक, जानकी फाइनान्सको सेयर मूल्य नौं प्रतिशतभनदा धेरैले बढ्यो ।

बजार ओभरसोल्ड जोनमा नै रहेको छ । नेप्सेको आर एसआई सुचक २९ मा रहेको छ । यसको अर्थ बजारमा अझै किन्नेभन्दा बेच्ने धेरै छन । तर यसले बजारले अहिलेको न्युनत्तम तह भेट्न लागेको र बजारमा सुधार देखिन सक्ने पनि संकेत गर्दछ । यस दिन ४३ करोड रुपैयाँको कारोबार भयो । एक सय ३१ कम्पनीका आठ लाख ८८ हजार कित्ता सेयर कारोबार भयो ।