माछापुच्र्छे बैंकले गर्यो सीडीएससीमा सेयर दर्ता, ग्लोबल आइएमइ क्यापिटलले लियो निक्षेप सदस्यता

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
काठमाडौं। माछापुच्र्छे बैंक सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)मा दर्ता भएको छ । यससंगै बैंकको ८२ लाख ८७ हजार ४० कित्ता साधारण सेयर र एक करोड ६४ लाख ९४ हजार सात सय ७७ कित्ता विद्युतीय अभिलेखीकरण (डीम्याट) गर्ने सम्झौता पनि भएको छ । बैंकले साधारण सेयर र संस्थापक सेयरको लागी संकेत नम्बर पनि पाएको छ । 

 
सीडीएससीका प्रमूख कार्यकारी अधिकृत सुबोध शर्मा सिग्देल र बैंकका प्रमूख कार्यकारी अधिकृत तुलसीराम गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरे । 
 
अब बैंकका सेयर लगानीकर्ताहरुले निक्षेप सदस्य (डीपी) मा गएर आफ्नो खाता खोलेर सेयरको डीम्याट गराउन सक्छन । आगामी कात्तिकबाट यसरी डीम्याटमा भएका सेयरको मात्र कारोबार हुने व्यवस्था हुदैछ । भैतिक रुपमा (कागजी प्रमाणपत्रमा) रहेको सेयर त्यो समयबाट कारोबार नहुने बताइदै आएको छ । हालसम्म २१ कम्पनी सीडीएससीमा दर्ता भएका छन । 

 
त्यस्तै, सोमवारबाट ग्लोबल आइएमइ क्यापिटल पनि निक्षेप सदस्य (डीपी) भएको छ । सीडीएससीका सिग्देल र क्यापिटलका महाप्रबन्धक पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यससंगै डीपीको संख्या ११ पुगेको छ ।  
 

Tata
GBIME
Nepal Life