बाढी पीडितलाई टुरिजमको डेढ लाख रुपैयाँ सहयोग, सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
बाढी पीडितलाई टुरिजमको डेढ लाख रुपैयाँ सहयोग, सहयोग रकम प्रधानमन्त्रीलाई हस्तान्तरण

Tata
GBIME
Nepal Life

काठमाडौं। टुरिजम डेभलपमेन्ट बैंकले बाढी पहिरो पीडितका लागि सहयोग गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषलाई एकलाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोज खड्काले सम्माननीय प्रधानमन्त्री सुशील कोइरालालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे। सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यो सहयोग गरेको बैंकले जनाएको छ ।