जापानी राजदूत चौधरी समूहको भ्रमणमा, नेपालमा जापानी लगानीका लागि विनोद चौधरीको आव्हान

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
जापानी राजदूत चौधरी समूहको भ्रमणमा, नेपालमा जापानी लगानीका लागि विनोद चौधरीको आव्हान



काठमाडौं । चौधरी समूहका अध्यक्ष विनोद चौधरीले जापान र सिंगापुर जस्ता विकसित मुलुकमा गरिने लगानीको तुलनामा नेपालमा गरिने लगानीको प्रतिफल आर्कषक हुने बताएका छन् ।
चौधरी समूहको अवलोकन भ्रमणमा पुगेका नेपालका लागि जापानका राजदूत मासाशी ओगावासँंगको भेटमा अध्यक्ष चौधरीले जापानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहन गर्न आग्रह गरेका थिए ।
अन्तर्राष्ट्रिय लगानीकर्ता नेपालको लगानीको वातावरणका बारेमा पक्कै पनि निश्चिन्त हुन सकिरहेका छैनन् । तर, जसले यहाँं लगानी गरेका छन् उनीहरुले अपेक्षाभन्दा धेरै मुनाफा आर्जन गरिरहेका छन्’ अध्यक्ष चौधरीले भने, जापानी लगानीकर्ताहरुका लागि पनि यो निकै आकर्षक अवसर हो ।
उनले जापानी लगानीकर्तासँगको साझेदारीका लागि समेत नेपाली निजी क्षेत्र तयार रहेको बताए । नेपाली श्रम र जापानी प्रविधिबीचको साझेदारीबाट नेपालको आर्थिक विकासमा ठोस योगदान पुग्ने विश्वास पनि उनले व्यक्त गरे ।
उनले चौधरी समूहद्वारा कार्यान्वयनमा ल्याइएको सिजी नेपाल सोसल विजनेशका बारेमा पनि राजदूतलाई जानकारी दिएका थिए । ‘हामीले जुन समाजबाट यति धेरै प्रतिष्ठा प्राप्त ग¥यौँं, हामी सोही समाजको दिर्घकालिन रुपान्तरणका लागि काम गर्न प्रतिवद्ध छौँं’, अध्यक्ष चौधरीले भने, ‘हामीले कार्यान्वयनमा ल्याएको सिजी नेपाल सोसल विजनेश नेपाली समाजको सकारात्मक परिवर्तनका लागि समर्पित छ ।’
नेपालका लागि जापानका राजदूत ओगावाले चौधरी समूह जापानको अत्यन्तै निकटको मित्र रहेको टिप्पणी गरे । उनंले नेपालमा चौधरी समूह जस्तो औद्योगिक घरानाको भ्रमण गर्न पाउनु आफ्ना लागि खुसीको क्षण रहेको बताए ।
चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाणा चौधरीले राजदूत ओगावालाई स्वागत गर्दै आफ्नो समूहले फैलाउँदै लगेका लगानीका क्षेत्र र यसबाट नेपाली अर्थतन्त्रमा पुगेको सकारात्मक प्रभावका बारेमा जानकारी दिएका थिए ।
छलफलमा समूहका भाईस प्रेसिडेण्ट जी पी शाह, महाप्रवन्धक आशिष शर्मा लगायतका वरिष्ठ अधिकारीले क्षेत्रगत लगानी विस्तारका योजनाका बारेमा जानकारी दिएका थिए ।

Tata
GBIME
Nepal Life