बाढीपहिरो पीडितलाई वल्र्डलिंक कम्युनिकेशनको पाँच लाख सहयोग, प्रधानमन्त्रीलाई हस्तान्त्रण

बिजमाण्डू
२०७१ भदौ १६ गते ००:०० | Sep 1, 2014
बाढीपहिरो पीडितलाई वल्र्डलिंक कम्युनिकेशनको पाँच लाख सहयोग, प्रधानमन्त्रीलाई हस्तान्त्रण


काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशनले बाढीपहिरो पिडितका लागि पाँच लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सोमवार बिहान प्रधानमन्त्री सुशील कोइरालालाई सहयोग रकम हस्तान्त्रण गरेको जारी प्रेस विज्ञप्तिमा छ ।
कम्पनीका प्रवन्ध निर्देशक दिलिप अग्रवाल तथा कार्यकारी निर्देशकहरु विजय जलान र मनोज अग्रवाल सहयोग रकम हस्तान्त्रण गर्न प्रधानमन्त्री निवास पुगेका थिए । कम्पनीले प्रधानमन्त्ती दैवी प्रकोप उद्दार कोषमा रकम जम्मा गरेको छ ।
प्रधानमन्त्री कोइरालाले कम्पनीबाट प्राप्त सहयोग रकम दुरुपयोग नगरी सतप्रतिशत सदुपयोग गरिने विश्वास दिलाउनु भएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।
देशभर बाढीपहिरोले प्रभावितहरुलाई सहयोग गर्नु आफ्नो दायित्व भएको र त्यो दायित्व पूरा गर्न आफूहरुले प्रधानमन्त्रीलाई सहयोग रकम हस्तान्त्रण गरेको कम्पनीले जानकारी दिएको छ । 
 

Tata
GBIME
Nepal Life