पञ्चकन्या समूहको ४२ औं वार्षिकोत्सव, कर्मचारी डिलर सम्मानित, बाढीपीडितलाई साढे दुई लाख

बिजमाण्डू
२०७१ भदौ १७ गते ००:०० | Sep 2, 2014
पञ्चकन्या समूहको ४२ औं वार्षिकोत्सव, कर्मचारी डिलर सम्मानित, बाढीपीडितलाई साढे दुई लाख

काठमाडौं । पञ्चकन्या समूहले आफ्नो स्थापनाको ४२औं वार्षिकोत्सव मनाएको छ । कार्यव्रmममा पञ्चकन्या समूहका संचालक, कर्मचारी, डिलर, शुभ–चिन्तकको उपस्थिति थियो ।
कार्यव्रmममा राम्रो कार्य गर्न सफल स्टील, प्लाष्टिक र एसएस वाटर ट्याङ्कका डिलरलाई सम्मानित गरिएको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । त्यसैगरी पञ्चकन्यामा २० वर्ष सेवा अवधी पूरा गरेका कर्मचारी हंसनारायण श्रेष्ठ र सर्वोत्कृष्ट कार्य गर्ने कर्मचारी हर्कबहादुर थापा मगरलाई पुरस्कृत गरिएको थियो ।
त्यसैगरी स¥हानीय कार्य गर्ने कर्मचारीहरुमा साकेत अधिकारी, अञ्जनकुमार भट्टराई, रुपन शर्मा र प्रतिभा घिमिरे सम्मानित भएका थिए । कार्यक्रममा  बाढी–पहिरो पीडितलाई राहत स्वरुप संचालक तथा कर्मचारीको पारिश्रमिकबाट संकलित साढे दुई लाख रुपैैयाँ हस्तान्त्रण गरिएको थियो ।
समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले राहात रकम प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीलाई हस्तान्तरण गरेका थिए ।
कार्यव्रmममा समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, निर्देशक उदीप श्रेष्ठले पञ्चकन्याले हालसम्म प्राप्त गरेका सफलता, भावी नीति तथा कार्यव्रmम र नया“ उत्पादन तथा उद्योग सञ्चालनका विषयमा जानकारी दिएका थिए  

Tata
GBIME
Nepal Life