आठौं दिन पनि सेन्सेक्समा वृद्धि, मोदी सरकार फापेको विश्लेषण, बैदेशिक संस्थागत लगानीमा पनि सुधार

बिजमाण्डू
२०७१ भदौ १७ गते ००:०० | Sep 2, 2014
मुम्बई। लगातार आठौं दिनको वृद्धिपछी सेन्सेक्सले मंगलवार २७ हजार विन्दु छोएको छ । सोमवारको अन्तर दिनको कारोबारमा त्यहाको १२ बजे सेन्सेक्स करिब एक सय अंकले बढेर २६ हजार नौं सय ६७ मा पुग्यो । 
 
बजारको वृद्धिलाई इकोनोमिक टाइम्सको अनलाइन संस्करणले सरकारको एक सय दिनको प्रगतीसंग जोडेर हेरेको छ । नरेन्द्रमोदीको सरकार बनेसंगै बजारको "अच्चे दिन" को शुरुवात भएको आशयमा समाचार सम्प्रेषण गरेको छ । टाइम्सले भनेको छ, नरेन्द्रदास मोदीको सरकारले सत्ता सम्हालेको एक सय दिनमा भारतीय बजारले निकै राम्रो अवधि देख्न पाएको छ । त्यसयता सेन्सेक्समा नौं प्रतिशतको सुधार भएको उल्लेख छ । अर्काे पत्रिका बिजनेश लाइनको अनलाइन संस्करणले स्थिर रुपमा बैदेशीक संस्थागत लगानी भित्रिएकोले बजारमा सुधार भएको उल्लेख गरेको छ । 
 
जापान भ्रमणमा रहेका मोदीसंग त्यहाका सरकारले निजी तथा पब्लिक क्षेत्रमा लगानी दोब्बर बनाउने धारण सार्वजनिक गरेपछि पनि बजारमा प्रभाव परेको बिजनेशलाइनले उल्लेख गरेको छ । त्यस्तै, अगष्टमा घरेलु बजारमा कारको बिक्री बढेको खबरले पनि सेन्सेक्समा सुचीकृत अटो कम्पनीहरुको सेयर मूल्य बढेको छ । हिरो मोटर्स कर्पाेरेशन, मारुती सुजुकी कम्पनीको सेयर मूल्य बढेको छ । 
 
सन् २०१४ को हालसम्मको अवधिमा २७ प्रतिशतभन्दा धेरैले बढेको सेन्सेक्स विश्वका बजारहरु मध्ये राम्रो प्रदर्शन गर्ने एक बजारको रुपमा रहेको सञ्चार माध्यमले उल्लेख गरेका छन । कतिपय विश्लेषकहरुले भारत भित्र मात्र नभइ बैदेशिक लगानीकर्ताहरुले पनि भारतको आर्थिक बिकासमा विश्वास रहेको अनुभव साटेको उल्लेख गरेका छन ।  
 

Tata
GBIME
Nepal Life