भदौं अन्त्य सम्ममा कालिञ्चोक डेभलपमेन्ट बैंकको सेयर बाँडफाँड हुने, मोडल तयार हुन भने बाँकी

बिजमाण्डू
२०७१ भदौ १७ गते ००:०० | Sep 2, 2014
काठमाडौं। कालिञ्चोक डेभलपमेन्ट बैंकको भदौं अन्त्य सम्ममा सेयर बाँडफाँड हुने भएको छ । हाल रिकन्सोलिडेसनमा लागेकोले यस महिनाको अन्तिम सम्ममा सेयर बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्रोमोर मर्चेन्ट बैंकरले  बताएको छ । 
साउन २१ गतेबाट प्राथमिक सेयर निष्कासन (आइपीओ) गरेको बैंकको सेयरमा करिब ३० गुणा बढि आवेदन परेको थियो । चार लाख ९० हजार कित्ता सेयर (चार करोड ९० लाख रुपैयाँको) निष्कासन गरेको बैंकको सेयरमा एक अर्ब ४७ करोड रुपैयाँको आवेदन परेको थियो । बैंकले नौं हजार आठ सय कित्ता सेयर कर्मचारी र २४ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो ।

Tata
GBIME
Nepal Life

सामूहिक लगानी कोषलाई छुट्याएको सेयर सिद्धार्थ म्युचुअल फण्ड र नबिल म्युचुअल फण्डलाई बाँडफाँट गरिसकिएको छ । बैंकको सेयर मा न्युनतम ५० कित्ता देखि अधिकत्तम ५० हजार कित्ता सम्म सेयर माग्न सक्ने व्यवस्था थियो । 
 

अंकित मूल्य एक सय रहेको बैंकको सेयर निष्कासन पछि चुक्तापूँजी दश करोड रुपैयाँ पुग्ने छ । बैंकले आव २०७२/७३ पछि सात प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ । बैंकको प्रकासित प्रक्षेपित वित्तिय विवरणमा दायित्व अन्तर्गत एकैचोटी यही बर्ष प्रस्तावित तथा भुक्तानी दिन बाँकी लाभांशमा ७० लाख रकम देखाएको छ । बैंकको सेयरले इक्रा नेपालबाट भने ग्रेड फोर रेटिङ पाएको थियो ।