नेरुडे लघुवित्त बिकास बैंकको २५ प्रतिशत बोनस र २० प्रतिशत नगद, चुक्तापूँजी १२ करोड ५० लाख पुग्ने

बिजमाण्डू
२०७१ भदौ १८ गते ००:०० | Sep 3, 2014
काठमाडौं। नेरुडे लघुवित्त बिकास बैंकले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारण सभाबाट पारित हुन बाँकी छ । 
 
बैंकको यो प्रस्ताव पारित भएमा चुक्तापूँजी १२ करोड ५० लाख रुपैयाँ पुग्ने छ । बैंकले यसअघि पनि ५५ प्रतिशत बोनस सेयर दिएको थियो । हाल बैंकको चुक्तापूँजी १० करोड रुपैयाँ रहेको छ । यो समाचार तयार पार्दा करिब साढे दुई बजे बैंकको सेयर मूल्य २८ रुपैयाँले घटेर एक हजार चार सय दुईमा कारेबार भइरहेको छ । 
 
बैंकले गत आवमा छ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । बोनस र नगद दिएपछि पनि बैंकको सञ्चितीमा एक करोड ५० लाख रुपैयाँ रहने छ । 

Tata
GBIME
Nepal Life