कुवेतमा महिला घरेलु कामदारमा लगाएको राेक नखोल्न माग, पाँच हजार हस्ताक्षर प्रधानमन्त्रीलार्इ

बिजमाण्डू
२०७१ भदौ १८ गते ००:०० | Sep 3, 2014
कुवेतमा महिला घरेलु कामदारमा लगाएको राेक नखोल्न माग, पाँच हजार हस्ताक्षर प्रधानमन्त्रीलार्इ



काठमाडाै‌ । कुवेत तथा खाडी मूलूकमा घरेलू कामदारको रुपमा महिलाहरुलाई सूरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म पठाउन नहुने माग गर्दै पाँच हजार व्यक्तिको हस्ताक्षर प्रधानमन्त्रीलार्इ बझाइएको छ ।

Tata
GBIME
Nepal Life

पाँच हजार हस्ताक्षर भएको पाँच मिटिर लामो व्यानर र ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय मार्फत हस्तान्तरण गरिएको हो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेतको अगुवाईमा कुवेतमा रहेका नेपाली तथा त्यहाँस्थित संघ संस्थाको संयुक्त आव्हानमा हस्ताक्षर संकलन गरिएको थियो ।

हाल नेपाली घरेलु महिला कामदारलार्इ कुवेतमा आउन रोक  छ । तर घरेलु कामदार पठाउने अनुमति खोल्नका लागि कुवेती स्पोन्सर र सरकार माथि पनि दवाव पर्न थालेपछि अभियान सुरु गरिएको हो ।

महिला कामदारको सुरक्षाको पूर्ण ग्यारेन्टी नभएसम्म श्रम स्विकृति र भिसा प्रमाणीकरण खुला नगर्न समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।