ग्लोबल आइएमइ बैंकको २५ प्रतिशत लाभांस, २१ प्रतिशत वोनस सेयर, चार प्रतिशत नगद लाभांस

बिजमाण्डू
२०७१ भदौ २१ गते ००:०० | Sep 6, 2014
काठमाडौं। ग्लोबल आइएमइ बैंकले गत बर्षको नाफाबाट २५ प्रतिशत लाभांस दिने भएको छ। बैंकको शुक्रवार बसेकाे सञ्चालक समितिको बैठकले २१ प्रतिशत वोनस सेयर र चार प्रतिशत नगद लाभांस दिने निर्णय गरेको छ।
 
बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति र बार्षिक साधारणसभाबाट अनुमोदन गरेपछि मात्र लगानीकर्ताहरुले पाउने छन्।
 
बैंकले गत बर्ष एक अर्ब नाफा गरेको थियो। बैंकको वोनस सेयर वितरणपछि चुक्ता पुँजी पाँच अर्ब नाघ्ने छ। अहिले बैंकको चुक्ता पुँजी चार अर्ब १४ करोड छ। २१ प्रतिशत वोनसपछि पुँजी पाँच अर्ब एक करोड रुपैयाँ पुग्ने छ।
हाल बैकंले करिब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकाे छ भने ४४ अर्ब रुपैयाँ कर्जा प्रवाहा गरेको छ । बैंकले ८४ शाखा र ८१ एटिएमर्माफत पाँच लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
 

Tata
GBIME
Nepal Life