विद्युत प्राधिकरणमा १६९९ वटा जागिर खुल्यो, तीन तहदेखि १० सम्मका लागि, आठ पासलाई पनि जागिर

बिजमाण्डू
२०७१ भदौ २२ गते ००:०० | Sep 7, 2014
विद्युत प्राधिकरणमा १६९९ वटा जागिर खुल्यो, तीन तहदेखि १० सम्मका लागि, आठ पासलाई पनि जागिर
यो समाचार २०७१ भदौ २२ (7 Sep. 2014) मा प्रकाशित भएको हो। यो विज्ञापनअनुसार नेपाल विद्युत प्राधिकरणले भर्ना प्रक्रिया पूरा गरिसकेको छ- सम्पादक।

Tata
GBIME
Nepal Life

काठमाडौं । सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि एक हजार छ सय ९९ जनाका लागि जागिरको आवेदन माग गरेको छ। प्राधिकरणले आइतवार सार्वजनिक सुचना जारी गर्दै तीनदेखि १० तहसम्मका लागि जागिरको आवेदन खुला गरेको हो।


 

प्राधिकरणले खुला गरेको पदहरुमा एक महिनाभित्र आवेदन दिइसक्नु पर्ने हुन्छ। प्राधिकरणले तीहार लगत्तै लिखित र मौखिम परीक्षा सञ्चालन गरेर पदपुर्ति गर्ने छ।
 
प्राधिकरणको जागिरमा आठ पास गरेकादेखि स्नातकोत्तर उत्तिर्णसम्मले आवेदन दिन सक्ने छन्। खुला प्रतियोगितामार्फत पदपुर्ति गरिने भन्दै प्राधिकरणले क्षेत्रगत हिसावले नै आवेदन माग गरेको हो।
 
प्राधिकरणका अनुसार, प्रशासन समूह अन्तर्गत मिटर रिडिङ सुपरभाइजर पाँच तहका लागि ९५ जना नियुक्त गर्ने छ। यो पदका लागि प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ।
 
प्रशासन समूह अन्तर्गतको लेखपाल पाँच तहमा ६६ जनालाई नियुक्ती दिइने छ। वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्। 
 
यसैगरी प्राविधिक सेवाको इलेक्ट्रिकल सुपरभाइजर पाँच तहमा २३३ जनालाई नियुक्त गरिने छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।
 
प्राविधिक सेवामा मेकानिकल सुपरभाइजर पाँच तहका लागि पाँच जनालाई नियुक्त दिइने प्राधिकरणले जनाएको छ। यसका लागि मेकानिकल इन्जियनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्ण हुनु पर्छ।
 
प्राधिकरणले प्रविधिक सेवामा सिभिल सुपरभाइजर पाँच तहका लागि १२ जनालाई नियुक्ती दिने छ। सिभिल इन्जिनियरिङमा प्रविणता प्रमाणपत्र वा डिप्लोमा उत्तिर्णले यो पदका लागि आवेदन दिन सक्छन्।
 
यसैगरी सिनियर हेवी इक्विपमेन्ट अप्रेटर तह पाँचका लागि पाँच जनालाई नियुक्त दिने सुचना सार्वजनिक गरेको छ। यसका लागि एसएलसी पास गरी भारी उपकरणको चालक अनुमतिपत्र पाएको हुनु पर्छ।
 
प्रशासन समूह अन्तर्गत सिनियर मिटर रिडर  तह चारका लागि ४७० जनालाई नियुक्ती दिने प्राधिकरणको तयारी छ। यो पदका लागि प्रविणता प्रमाणपत्र वा डिप्लोमा अनिवार्य गरिएको छ। 
 
यसैगरी प्रशासन अन्तर्गत  सहायक लेखापाल तह चारका लागि १६५ वटा पदमा आवेदन माग गरिएको छ। यो पदका लागि वाणिज्य शास्त्र वा व्यापार प्रशासनमा प्रविणता प्रमाणपत्र तह वा प्लस टु उत्तिर्ण हुनु पर्छ । 
 
फोरमेन इलेक्ट्रिकल तह चारका लागि ३६१ जनाबाट आवेदन माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल विषयमा एसएलसी पास अनिवार्य छ। साथै फोरमेन सिभिल तह चारका लागि दुई जनालाई नियुक्त दिइने छ। यसका लागि सिभिल बिषयमा प्राविधिक एसएलसी पास गर्नु पर्छ।
 
फोरमेन ड्राइभर तह चारका लागि आठ जनाको जागिर खुलेको छ। १० कक्षा पास गरी भारी सवारी साधनको चालक अनुमति पत्र भएकाले यसका लागि आवेदन दिन सक्छन्। प्रशासन अन्तर्गत मिटर रिडर तह तीनमा ४२ जनालाई जागिर खोलिएको छ। यसका लागि एसएलसी पास उत्तिर्ण हुनु पर्छ।
 
यसैगरी प्राधिकरणले इलेक्ट्रिसियन तह तीनका लागि १४३ जनाबाट आवेदन माग गरेको छ। इलेक्ट्रिसियन बिषयमा १० कक्षा उत्तिर्ण गरेकाले यो पदका लागि आवेदन दिनसक्छन्। ड्राइभर तह तीनका लागि आठ कक्ष उत्तिर्ण भइ हलुका सवारी साधनको अनुमति पत्र भएको हुनु पर्छ। यो पदका लागि १० जनालाई नियुक्त गरिने छ। 
 
प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह १० का लागि एक जनालाई नियुक्त गरिने छ। यो पदमा आवेदन दिनका लागि इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा आठ बर्षको अनुभव भएको हुनु पर्छ।
 
उप प्रबन्धक प्राविधिक इलेक्ट्रिकल्स तह नौंका लागि एक जनालाई नियुक्त गरिने छ। इलेक्ट्रिकल वा इलेक्ट्रोनिक्स इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा छ बर्षको अनुभव भएकाले यो पदका लागि आवेदन दिन सक्ने छन्। सहायक निर्देशक प्रशासन लेखा तह आठका लागि पनि एक जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धित क्षेत्रमा अधिृकतस्तरको पदमा चार बर्षको कार्यअनुभव भएकाले आवेदन दिन सक्ने छन्।
 
चार्टर्ड एकाउन्टेन्ट प्रशासन लेखा तह आठका लागि एक जना माग गरिएको छ। यसका लागि सिए, एसिसिए वा सिपिए उत्तिर्ण हुनु पर्छ। सहायक प्रबन्धक प्राविधिक इलेक्ट्रिकल तह आठका लागि पनि एक जना माग गरिएको छ। इलेक्ट्रिकल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव भएकाले आवेदन दिन सक्छन्। 
 
सहायक प्रबन्धक प्राविधिक सिभिल तह आठका लागि दुई जना माग गरिएको छ भने यसका लागि सिभिल इन्जिनियरिङ बिषयमा स्नातकोत्तर तह उत्तिर्ण र सम्बन्धि क्षेत्रमा अधिकृतस्तरको पदमा चार बर्षको अनुभव अनिवार्य छ। प्राधिकरणले प्रशासकीय अधिकृत तह सातका लागि तीन जना माग गरेको छ। यसका लागि स्नातकोत्तर तह उत्तिर्ण हुनु पर्छ। 
 
यसैगरी लेखा अधिकृत, तह सातका लागि चार जना माग गरिएको छ। बाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातकोत्तरले आवेदन दिन सक्छन्। कानुन अधिकृत सात तहका लागि एक जना माग गरिएको छ। यसका लागि कानुनमा स्नातक भइ अधिवक्ताको प्रमाणपत्र प्राप्त वा कानुनमा स्नातकोत्तर उत्तिर्ण अनिवार्य गरिएको छ। 
 
समाजशास्त्री तह सातमा पनि एक जना माग गरिएको छ। यसका लागि समाजशास्त्र वा मानवशास्त्रमा स्नातकोत्तर हुनु पर्छ। इन्जिनियर इलेक्ट्रिकल तह सातमा ४७ जना माग गरिएको छ। यसका लागि इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक हुनु पर्छ। 
 
इन्जिनियर मेकानिकल तह सातमा पाँच जना माग गरिएको छ भने यसका लागि मेकानिकल इन्जिनियरिङमा स्नातक अनिवार्य गरिएको छ। साथै इन्जिनियर सिभिल तह सातमा १३ जना माग गरिएको छ। यसमा आवेदन दिन सिभिल इन्जिनियरिङमा स्नातक अनिवार्य छ। 
 
कम्प्युटर इन्जिनियर तह सातका लागि दुई जना कम्प्युटर इन्जिनियरिङमा स्नातक माग गरिएको छ। सर्वे अधिकृत तह सातका लागि एक जना माग गरिएको छ। यसका लागि सर्वे इन्जिनियरिङ बिषयमा स्नातक उत्तिर्ण वा भूगोल बिषयमा स्नातकोत्तर उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको वा बिएससी गणित बिषयमा उत्तिर्ण गरी सिनियर सर्वेयर कोर्ष पुरा गरेको हुनु पर्छ। 
 
कुन कुन ठाउँमा खुल्यो?
प्राधिकरणले विराटनगर, हेटौडा, जनकपुर, काठमाडौं, पोखरा, वुटवल, नेपालगञ्ज, अत्तेरियालगायतका स्थानमा जागिर खोलेको हो। जागिरको आवेदन फारम जुन स्थानका लागि खोलिएको त्यहीको प्राधिकरणको क्षेत्रीय कार्यालयमा बुझाउनु पर्छ। 
 
जागिरको आवेदन विहान ११ बजेदेखि बेलुका चार बजेसम्म मात्र बुझाउन पाइन्छ। जागिरका लागि उमेर १८ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्छ। महिलाको हकमा भने ४० बर्षसम्म छुट दिइएको छ। 
 
परीक्षा दस्तुर कति?
तह पाँच– ६२५, तह चार– ५२५, तह तीन– ४२५ रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त दुई सय रुपैयाँ बढी तिर्नु पर्छ। 
 
तह १०– १५५०, तह नौं– १२५०, तह आठ– १०५० र तह सात– ९५० रुपैयाँ लाग्ने छ। समावेशीमा पनि आवेदन दिने हो भने प्रत्येक समूहमा अतिरित्त तीन सय रुपैयाँ बढी तिर्नु पर्छ।
 

विद्युत प्राधिकरणको जागिरको आवेदन दिने फारम by Sudarshan Sapkota