क्यास अन एडको सिईओमा विनित शर्मा नियुक्त, नविनत्तम प्रविधिको विकास र टीम वर्कमा जोड

बिजमाण्डू
२०७१ भदौ २३ गते ००:०० | Sep 8, 2014
क्यास अन एडको सिईओमा विनित शर्मा नियुक्त, नविनत्तम प्रविधिको विकास र टीम वर्कमा जोड

काठमाडौं । क्यास अन एडको प्रमुख कार्यकारी अधिकृतमा विनित शर्मा नियुक्त भएका छन् । उनी सन् २०१० देखि क्यास अन एडसँगै यसका भगिनी संस्थाहरु एफवान सफ्ट, इसेवालगायतका कम्पनीमा रणनीतिक सल्लाहाकारका रुपमा कामगर्दै आएका थिए । कम्पनी सञ्चालक समितिको हालैको बैठकले शर्मालाई क्यास अन एड ग्लोबलको प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्नेे निर्णय गरेको हो ।

२५ वर्षभन्दालामो समयदेखि प्रविधिका क्षेत्रमा अनुभव सम्हालेका शर्मा प्राविधिक आर्किटेक्ट, उच्चतहको व्यवस्थापन, व्यवसायिक अध्यापन र उद्यमशिलतामा संलग्न छन् । उनी प्रविधि विकास कम्पनीका विभिन्न पदमा काम गरिसकेका छन् । त्यसैगरी शर्मा स्टक मार्केट डाटाको प्राविधिक विश्लेषण टुल निर्माण गरेको कम्पनी अनटिक इन्कका सहसंस्थापक समेत हुन् ।
साउर्दन इलिनोइ विश्वविद्यालयबाट कम्युटर विज्ञान तथा इन्जिनियरिङ विज्ञानमा स्नाताकोत्तर गरेका शर्मा युनिभर्सिटि अफ क्यालिफोर्निया बर्कले तथा युनिभर्सिटि अफ क्यालिफोर्निया सान्ताक्रुज एक्सटेन्सनमा पनि प्रध्यापन गर्छन् ।
क्यास अन एडमा जिम्मेवारी सम्हाल्दै सिईओ शर्माले नविनत्तम प्रविधिको विकास तथा कम्पनीका उत्पादनको स्थानीय तथा विश्व बजारमा पहिचान दिलाउनु पर्नेमा जोड दिए । उनले कम्पनीका लागि मानवीय स्रोत महत्वपूर्ण हुने बताउँदै तिनैले कम्पनीलाई अर्को तहमा पुर्‍याउने बताए ।
क्यास अन एड नविनत्तम सोंच राख्छ र यसको प्रगति दु्रत गतिमा भैरहेको छ, यसलाई थप गति दिन हामीले निरन्तर सुधार गर्नु पर्छ र त्यसकालागि बलियो टिम वर्कको आवश्यकता पर्छ, उनले भने । सिलिकन भ्याली क्यालिफोर्निया अमेरिकामा प्रधान कार्यालय रहेको क्यास अन एडले मोवाइल विज्ञापन बजारमा काम गर्दै आएको छ । नेपालबाट सुरु भएको कम्पनीको यात्रा अहिले अष्ट्रेलिया, इक्वेडर, भारत तथा श्रीलंकामा पुगेको छ ।
क्यास अन एडले विकास गरेको एन्ड्रोइड एपले विज्ञापनदातालाई आफ्ना ग्राहकसम्म पुग्न सजह र सस्तो पहुँच प्रदान गर्दछ । कम्पनीले भिडियो तथा ग्राफिक विज्ञापनको सेवा प्रदानगर्दै आएको छ ।

Tata
GBIME
Nepal Life