लगानीकर्ता आत्तिदा बजार घट्यो, घट्नु पर्ने ठोस कारण छैन, बजारमा सुधार देखिने विश्वास



बिजमाण्डू
२०७१ भदौ २३ गते ००:०० | Sep 8, 2014
लगानीकर्ता आत्तिदा बजार घट्यो, घट्नु पर्ने ठोस कारण छैन, बजारमा सुधार देखिने विश्वास

काठमाडौं। बजार घट्नु पर्ने ठोस कारण नभएको सरोकारवालाहरुले बताएका छन्। लगानीकर्ता आत्तिएको कारण मात्रै बजार ओरालो लागेको अनुमान गरिएको छ।
नेपाल इन्भेष्टर्स फोरमले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा यस्तो निश्कर्ष निकाल्दै अहिले लगानीकर्ताहरु डराउन नहुने लगानीकर्ताहरुले बताएका छन्।

'नेप्से १०८३ मा हुँदा र अहिले त्यसको ३० दिनपछि पनि कुनै कायापलट भएको छैन', नेपाल स्टक ब्रोकर्स एशोसिएनका अध्यक्ष नरेन्द्रराज सिजापतिले भने, 'तर बजार यसरी घटेको छ। अहिले सेयर खरिद गरेर होल्ड गर्ने हो भनेपनि १४ महिनापछी राम्रो प्रतिफल पाँउन सक्ने अवस्था छ। तर लगानीकर्ताले टे्रड गर्ने सोचले भन्दा लगानी गर्ने सोच राख्नु पर्दछ।'

Tata
GBIME
Nepal Life

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष राजकुमार तिमिल्सिनाले राष्ट्र बैंकको नीति छिटो छिटो परिवर्तन भइरहेकोले पनि लगानीकर्ताले आत्मविश्वास गुमाएको धारणा राखे। उनले बजारमा प्रभाव पर्ने निर्णय गर्दा बजारको नियामक निकाय धितोपत्र बोर्डसँग पनि समन्वय गर्नु पर्नेमा जोड दिए।
नेपाल राष्ट्र बैंकलाई उत्तरदायी बनाउन अर्थमन्त्रालयले भुमिका खल्नुपर्ने उनले बताए। बजार घट्नु पर्ने कारण नरहेकोले लगानीकर्तालाई नडराउन पनि उनले आग्रह गरे।

लगानीकर्ता डा. आत्मराम घिमिरेले बजारमा लगानी गर्दा सधै टे्रण्डलाई ख्याल राख्नुपर्नेमा जोड दिए। उनले कम्पनीहरुको आधारभुत पक्ष हेर्न पनि सुझाए। अहिले लगानीकर्तामा आतमविश्वासको कमि भएकोले नै बजार घटेको उनको ठहर छ। बजारमा लगानी गर्दा जहिलेपनि आफ्नो कुल पूँजीको कम हिस्सा र आफुले थेग्न सकिने भार लिएर मात्र लगानी गर्नुपर्नेमा उनले जोड दिए। अहिले लगानीकर्ता डराएको कारण यस्तो भएको हो, उनले भने।
अष्ट्रेलियाको बजारमा समेत लगानी गर्दै आएको बताउने घिमिरेले अन्तर्राष्ट्रिय  बजारमा परिसुचकहरुले बुलिश टे्रण्डमा पुरानो रेकर्ड तोड्ने भएकोले लगानीकर्तालाई बजार बढ्नेमा विश्वस्त हुन आग्रह गरे।

फोरमले बजारमा आवश्यक पुर्वाधार ल्याउन, बासेल थि्र लागु गर्न, संगठित लगानीकर्ताको बजारमा प्रवेश बढाउन, गैर आवासीय नेपालीलाई लगानीको वतावरण मिलाउन सरोकारवाला निकायसँग आग्रह गरेको छ।