एनएमबी क्यापिटलको ६० करोडको इकाइ असोज २ बाट, न्युनतम सय कित्ताको आवेदन दिनु पर्ने

बिजमाण्डू
२०७१ भदौ २४ गते ००:०० | Sep 9, 2014
काठमाडौं । एनएमबी क्यापिटलले ६० करोड रुपैयाँ बराबरको सुलभ इन्भेष्टमेन्ट फन्ड–१ का इकाइहरु असोज २ गतेबाट बिक्री सुरु गर्ने भएको छ । कम्पनीले गत साता धितोपत्र वोर्डबाट इकाइहरु निस्कासन गर्ने स्वीकृति पाएको थियो । 


 
६० करोड रुपैयाँ बराबरको इकाइहरुमा बढी आवेदन परेमा कम्पनीले ७५ करोड रुपैयाँसम्मका इकाइहरु बिक्री गर्न सक्ने छ । कम्पनीले मंगलबार आह्वानपत्र प्रकाशित गर्दै निस्कासन बन्द हुने मिति असोज ६ गते तय गरेको छ । 
 
यसअघि सिद्धार्थ क्यापिटलले दुई पटक र नबिल इन्भेष्टमेन्ट फन्डले एक पटक इकाइहरु निस्कासन गरिसकेका छन् । चौथो पटक इकाइहरु बिक्री गर्ने एनएमबी चौथो कम्पनी हो ।
 
इकाइहरुको स्पोन्सर कम्पनी एनएमबी बैंक हो । बैंककै सहायक कम्पनी एनएमबी क्यापिटल हो । एनएमबी क्यापिटलले फन्डको व्यवस्थापन गर्ने छ । यो स्किममा बैंकले १४ प्रतिशत र एनएमबी क्यापिटलले एक प्रतिशत लगानी गर्ने छन् ।
 
कम्पनीले निस्कासन गर्ने इकाइहरुको अंकित मूल्य १० रुपैयाँ हुने छ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र वढीमा ६० लाख कित्तासम्मका लागि आवेदन दिन सक्ने छन् ।
 
पाँच बर्षमा परिपक्क हुने योे स्किमबाट संकलित रकम सेयर (इक्विटी) र फिक्स्ड इन्भेष्टमेन्टमा लगाइने छ । कम्पनीका अनुसार, ५५  देखि ८० प्रतिशतसम्म सेयरमा लगानी गरिने छ । बाँकी रकम ऋणपत्र, बैंक तथा वित्तीय संस्थाको निक्षेपमा लगानी गरिने छ । 

Tata
GBIME
Nepal Life