सनराइज बैंक र साझा विकास बैंकमा जागिर खुल्यो, सनराइजमा शाखा प्रबन्धक माग, साझामा छ जना

बिजमाण्डू
२०७१ भदौ २५ गते ००:०० | Sep 10, 2014
सनराइज बैंक र साझा विकास बैंकमा जागिर खुल्यो, सनराइजमा शाखा प्रबन्धक माग, साझामा छ जना
काठमाडौं । बैंकमा जागिर खान खोजिरहनु भएको छ भने दुई कम्पनीले आवेदन माग गरेका छन् । सनराइज बैंक र साझा विकास बैंकले जागिरका लागि आवेदन खुला गरेका छन् ।
 
सनराइज बैंक क वर्गको वाणिज्य बैंक हो । साझा विकास बैंक ख वर्गको तीन जिल्ले विकास बैंक हो । 
 
सनराइज बैंकले शाखा प्रबन्धक माग गरेको छ । काठमाडौं र मोफसलका लागि बैंकले केही संख्यामा शाखा प्रबन्धक माग गरेको हो । यो पदका लागि स्नातक हुनु पर्छ । बैंकले जुनियर अफिसरका रुपमा कम्तिमा दुई बर्ष काम गरेका अनुभवीबाट दरखास्त माग गरेको हो ।
 
बैंकमा आवेदनका लागि निवेदन, सिभी, पासपोर्ट साइजको फोटो पठाउनु पर्ने हुन्छ । विवरण सनराइज बैंक, ह्यमेन रिसोर्स डिपार्टमेन्ट, गैरिधारा, काठमाडौं, पोस्ट वक्स नम्बर १५२०३ मा पठाउनु पर्छ । विवरण १९ सेप्टेम्बरसम्म पठाइसक्नु पर्ने हुन्छ ।
 
यसैगरी साझा विकास बैंकले जुनियर अफिसर, सुपरभाइजर, सिनियर असिस्टेन्ट, ट्रेनी असिस्टेन्ट पदका लागि आवेदान माग गरेको छ । बैंकले विभिन्न पदमा छ जनालाई नियुक्ती दिइने जनाएको छ ।
 
जुनियर अफिसरका लागि स्नातक अनिवार्य छ भने दुई बर्ष सिनियर असिस्टेन्टका रुपमा काम गरेको अनुभव हुनु पर्ने छ । सुपरभाइजरका लागि स्नातकोत्तर अनिवार्य गर्दै एकदेखि दुई बर्षको अनुभव खोजिएको छ । 
सिनियर असिस्टेन्टका लागि आवेदन दिन स्नातक उत्तिण भइ एकदेखि दुई बर्षको अनुभव हुनु पर्ने छ । ट्रेनि असिस्टेन्टका लागि स्नातक उत्तिर्ण हुनु पर्छ । यसका लागि अनुभव अनिवार्य छैन । 
 
साझा बैंकमा जागिरका लागि आवेदन दिन आफ्नो रेज्यमे र कभर लेटर, भर्खरै खिचिएको पासपोर्ट साइजको फोटोसहित [email protected]  मा १६ सेप्टेम्बरभित्र पठाइ सक्नु पर्छ । बैंकको कार्यक्षेत्र कैलाली, कञ्चनपुर र डोटी हो ।
 

Tata
GBIME
Nepal Life