डोनियरको आधिकारिक विक्रेता भगवती बस्त्रालय, पारस ब्रान्ड एम्बेसडर, तीन किसिमका उत्पादन बजारमा

बिजमाण्डू
२०७१ भदौ २५ गते ००:०० | Sep 10, 2014
डोनियरको आधिकारिक विक्रेता भगवती बस्त्रालय, पारस ब्रान्ड एम्बेसडर, तीन किसिमका उत्पादन बजारमा

काठमाडौं । भारतको चर्चित ब्रान्ड डोनियरले सुट, सर्ट र ट्राउजर नेपाली बजारमा ल्याएको छ । फेसनको क्षेत्रमा आफुलाई अग्रणी स्थानमा राख्दै, छोटो समयमै धेरै प्रसिद्धि कमाउन डोनियर सफल भएको ब्रान्ड हो । अन्तर्राष्ट्रिय कम्पनीका लागि भगवती बस्त्रालयलाई नेपालको आधिकारिक विक्रेता नियुक्त गरेको छ।

Tata
GBIME
Nepal Life

डोनियरले न्याचुरल फाइवर, सेन्थेटिक र यिनीहरुका विभिन्न मिश्रणहरुबाट बनाइएका कपडा नेपाली बजारमा ल्याएको छ । डोनियर मध्य र प्रिमियम क्षेत्रका ग्राहकलाई लक्षित गरेर ल्याइएको भगवती बस्त्रालयले बुधबार जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

डोनियर द्वारा बनाइएका उत्पादनहरु संसारभरिका धेरै स्थानीय टेक्स्टाइल मार्केटहरुमा प्रसिद्ध छन्।

राजधानीको वोटुमा स्थित भगवती वस्त्रालयमा डोनियर एनएक्सजी, फेरिनो मिजोनी र सामान्य  तीन किसिमका डोनियर का उत्पादनहरु छन्।

एनएक्सजी नेपालीहरुका लागि क्याजुअल वेयर हो, फेरिनो मिजोनी डोनियर को प्रिमियम क्षेत्रका ग्राहकहरुका लागि हो भने अन्य उत्पादनहरु डोनियर को सार्वजनिक बजारको लागि हो। भगवती बस्त्रालयलको व्यापक सञ्जालका माध्यमबाट डोनियर का उत्पादनहरु नेपालभरि उपलब्ध हुनेछन्।

आफना अन्तर्राष्ट्रिय फेसनका धारणाहरुलाई संसारभरि लैजाने भएपनि डोनियरले स्थानीय फेसन मागहरुको संयोजनमा आफ्ना उत्पादनहरु बनाउने गरेको छ।

त्यसैले उनीहरुले सँधै स्थानीय प्रसिद्ध व्यक्तित्वलाई आफनो ब्राण्ड एम्बेसडर राख्ने गरेको छ। यसै क्रममा नेपाली बजारका लागि डोनियरले तीन पटक उत्कृष्ट वर्ष खेलाडी  भएका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ।

डोनियर का उत्पादनहरुका बारेमा बोल्दै भगवती बस्त्रालयलका निर्देशक राम चन्द्र चौधरीले भने, 'नेपाली ग्राहकहरुको मागलाई ध्यानमा राख्दै डोनियरले विस्तृत प्रकारका उत्पादनहरु बजारमा प्रस्तुत गरेको छ। हामीलाई विश्वास छ कि सबै नेपाली ग्राहकहरुले डोनियरका उत्पादनहरुलाई निकै मन पराउने छन्।'

डोनियरले अन्तर्राष्ट्रिय फेसनका धारणाहरुलाई नेपालको फेसन मागसँग संयोजन गर्दै निकै आकर्षक प्रस्तुतीहरु ल्याएको छ।