दाङमा हुण्डाईको अन्तर्राष्ट्रिय स्तरको शोरुम, नयाँ शोरुममा परामर्श कक्ष, विक्रिपछिकाे सेवा

बिजमाण्डू
२०७१ भदौ २५ गते ००:०० | Sep 10, 2014
दाङमा हुण्डाईको अन्तर्राष्ट्रिय स्तरको शोरुम, नयाँ शोरुममा परामर्श कक्ष, विक्रिपछिकाे सेवा


काठमाडौं । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दाङमा हुण्डाईको अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न शोरुम खोलेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको दाङका लागि नयाँ आधिकारिक बिक्रेता न्यु राइडर अटो वल्र्डको बुधबार कम्पनीका सहायक महाप्रबन्धक रुपेस शर्मा भट्ट र दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेले संयुक्त रुपमा उदघाटन गरे ।  

Tata
GBIME
Nepal Life

शो–रुमबाट ग्राहकहरुलाई भिन्न किसिमका गाडी खरिदको अनुभूति प्रदान गर्ने उद्देश्य राखिएको छ । ग्राहकलाई ध्यानमा राखी बनाइएको यस शोरुममा दक्ष सेल्स कर्मचारीहरु एवं परामर्श कक्षाका साथै सुविधायुक्त प्रतिक्षालय पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

हुन्डाई गाडी बनाउने हुन्डाई मोटर कम्पनी विश्वका पाँच ठूला गाडी निर्माता कम्पनीमध्ये पर्दछ । हुन्डाईका गाडीहरु बलियो, भरपर्दो तथा लो मेन्टिनेन्स कस्ट भएको कम्पनीको दाबी छ ।  

लक्ष्मी इन्टरकन्टिनेन्टलले सन् २००९ देखि हुण्डाई गाडीको नेपालमा आधिकारिक रुपमा बिक्री गर्दै आएको छ । कम्पनीका नेपालका मुख्य शहरहरुमा १२ वटा आधिकारिक डिलरह रहेका छन् ।

जसमध्ये काठमाडौंमा दुई वटा र अन्य शहरहरु पोखरा, नारायणघाट, बुटवल, विरगञ्ज, विराटनगर, दमक, विर्तामोड, बनेपा, धनगढी र नेपालगञ्जमा एक/एक वटा रहेका छन् । कम्पनीले विक्रीपछिका सेवा पनि सबै डिलरबाट उपलब्ध गराउँदै आएको जनाएको छ ।