बिजय माल्याः मदिराले फैलाएको साम्राज्य एयरलाइन्सले उडायो

बिजमाण्डू
२०७१ भदौ २६ गते ००:०० | Sep 11, 2014
बिजय माल्याः मदिराले फैलाएको साम्राज्य एयरलाइन्सले उडायो
मुम्बइ। किंगफिसर एयरलाइन्सका मालिक विजय माल्याको समस्या थप वढेको छ। स्टेट बैंक अफ इन्डिया (एसबिआइ) ले एयरलाइन्सलाई वद्नियतपूर्ण ऋण नतिरेको भन्दै खराब ऋणी घोषित गरेको छ। केही दिनअघि मात्रै युनाइटेड बैंक अफ इन्डियाले पनि विजय माल्या र उनको कम्पनीलाई खराव ऋणीको सुचीमा राखेको थियो। 

 
किंगफिसरमा एसबिआइको मात्र १६ अर्ब भारु ऋण छ भने अन्य १७ बैंकहरुको समेत गरेर ७६ अर्ब भारु ऋण छ। 
भारतीय सञ्चार माध्यमहरुले माल्याको जिन्दगीमा भएको उतार चढावलाई मूल्यांकन गर्दै लेखेका छन्– सन् २००३ मा विजय माल्या चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भयो। उनको हेलिकप्टर भूँइमा खसेर टुक्रा टुक्रा भयो तर उनलाई सानो चोटपटक पनि लागेन। दुर्घटनापछि उनले प्रतिकृया दिए– 'म साह्रै भाग्यमानी छु।'
 
उनको त्यसबेलाको भनाइलाई जोड्दै सञ्चार माध्यम लेख्छन्– माल्या त्यसयता यति धेरै ऋणमा डुबेर समस्या छन् कि उनले सबै समस्या सुल्झाए भने साँच्चैका भाग्यमानी हुने छन्।
 
माल्याको उदय र पतन 
विजय माल्याको कम्पनी किंगफिसर ब्रान्डको मदिरा उत्पादन गर्छ। भारतमा खपत हुने आधाभन्दा वढी वियर किंगफिसरले नै उत्पादन गर्छ। केही बर्षअघि माल्याको युनाइटेड स्पिरिट लिमिटेड सन्सारकै सबैभन्दा वढी मदिरा उत्पादन गर्ने कम्पनी घोषित भएको थियो। 
 
माल्या मदिरा मात्र बेच्दैनन् उनी आफै पनि मदिराजस्तै नसालु उद्योगपतिका रुपमा परिचित पनि छन्। 

Tata
GBIME
Nepal Life

युबी अर्थात युनाइटेड ब्रुअरी समूहको स्थापना उनका पिता विट्टल माल्याले गरेका  हुन्। उपयुक्त समयमा कम्पनी स्थापना वा खरीद गर्ने विट्टल माल्याको सबैभन्दा चमत्कारिक गुण थियो।
 
उनले सही समयमा मदिरा उत्पादनलाई बढाए। कम्पनीले म्याकडोनाल्स ब्रान्डी र व्यागपाइपर उत्पादन गर्थियो। 
विट्टल माल्या संकोची तथा सालिन उद्योगपति थिए। सन् १९८३ मा उनको हृदयघातबाट मृत्यु भयो। विट्टलको मृत्युपछि उनका छोरा विजय माल्या कम्पनीको प्रमुखका रुपमा चुनिए।
 
यता विजय माल्या कम्पनीको प्रमुख चुनिनु र उता सरकारले आर्थिक सुधारका कदमहरु सुरु गर्नु– त्यसपछि त के चाहियो, सफलता नै सफलता। 
 
सरकारले सुरु गरेको आर्थिक सुधारका प्रयासले भारतमा मदिराको माग वढ्न थाल्यो। माल्याले त्यसको उपयोग गरे, आक्रमक बजार प्रबर्द्धन र सञ्चार माध्यमहरुको सहयोगबाट उनले नयाँ जीवनशैली अपनाउनका थालेका भारतीयहरुको मन जित्न थाले। सबै प्रतिस्पर्धिहरुलाई निकै पछाडि छाडेर उनी भारतको मदिरा व्यवसायको 'सम्राट' बने।
 
माल्याले भारतीय सहरहरुमा केवल टिभी सुरुवात हुँदा पनि राम्रो फाइदा उठाए। 
 
एक साँझको कुनै पाटीमा माल्याको भेट  अमेरिक अभिनेतासँग भयो। 'सबैले हेरिरहने यो राम्रो देखिने व्यक्तिलाई किन हाम्रो कम्पनीको ब्रान्ड एम्बास्डर नबनाउने,' माल्याले आफ्ना एक सञ्चालकलाई सुनाए। ती अमेरिकी अभिनेता थिए रान मास।
 
त्यो भेटको केही समयपछि नै रान मास किंगफिसरको विज्ञापन गर्दै भारतीय टेलिभिजनहरुमा छ्याप्छ्याप्ती देखिन थाले।
 
त्यसपछि रान मासभन्दा वढी विजय माल्या आफै टेलिभिजनमा देखिन थाले। माल्या टेलिभिजनहरुमा सुन्दर मोडलहरुसँग युवा रुपमा देखि थाले। 
 
त्यसैको कमाल मान्नु पर्छ रेवन चस्मा र महँगा तथा भारी गहना लगाएर आफ्नो स्पिडबोटमा सुन्दर महिलाहरुका साथ देखिने व्यक्तिका रुपमा माल्याको छवी आमभारतीयहरुमा बसेको छ।  
 
माल्याका कयौं घरहरु छन्। न्यूयोर्क सहरको ट्रम्प टावर्समा उनको घर छ। फ्रान्सको रिविएराको एउटा टापुमा पनि उनको घर छ। दक्षिण अफ्रिका र भारतकै गोवामा पनि माल्याका घर तथा सम्पति छ। 
 
किंगफिसर टावरमा पनि उनको आलिसान दरवार छ। छलमा स्विमिङ पुल, घाँसको मैदान छ। 
 
माल्याका कम्पनीहरुको ट्यागलाइन हो, 'द किंग अफ गुड टाइम'
 
माल्याले युबी समूहको ब्रान्ड अन्य लगानीहरुमा पनि प्रयोग गरेका छन्। चाहे त्यो घोडाको रेस होस् वा फरमुला वान टिम। बार्षिक रुपमा आउने विकनी क्यालेन्डर वा इन्डियन प्रिमियर लिगको टिम, ती सबै नाम उनको एक ह्विस्कीको ब्रान्डसँग जोडिएको छ।
 
मदिराको कारोबारमा विजय माल्याका पिता विट्टल माल्याको छाप अझै पनि उस्तै छ। कम्पनीका सञ्चालकहरु उनैले चुनेका व्यक्तिहरु छन्। 
 
सन् १९८६ मा उनले फ्रान्सको एक कम्पनी हेली–युनियनलाई भारतमा हेलिकप्टर सेवा सुरु गर्न प्रस्ताव गरेका थिए। ९० को दशकको सुरुवाती बर्षमा सानो बिमानमा आधारित एयरलाइन्स सुरु गर्ने योजना सार्वजनिक भएको थियो, तर त्यो अगाडि वढ्न सकेन स्थगित भयो। 
 
सन् २००५ मा किंगफिसरले एयरबस ३२० सँग मिलेर आकासमा उडान सुरु गर्‍यो। माल्यालेे किंगफिसर एयरलाइन्सका यात्रुहरुसँग प्रत्यक्ष भेटेर भने पनि, यहाँका कर्मचारीहरुलाई मैले आफैले नियुक्त गरेको हुँ। आफ्नो आकासमा सेवा दिने कर्मचारीलाई उनले नाम पनि दिए, 'फ्लाइङ मोडल'
 
निकै उत्साहका साथै सुरु गरिएको महत्वकांक्षी यो योजना सन् २००७ बाट ओरालो लाग्न थाल्यो। २००६ मा कम्पनीले कम भाडाको डेक्कन एयर खरीद गरेको थियो। 
 
अहिले कम्पनी ६५ अर्बभन्दा वढी घाटामा छ। बैंकहरुको कर्जा उनले तिर्न सकेका छैनन् नै आफैले छानिछानी नियुक्त गरेका किंगफिसरका कर्मचारीलाई तलब पनि दिन सकेका छैनन्।