१५ अंकभन्दा वढीले घटेर सेयर बजार फेरि हिजोकै अंकमा फर्कियो, कारोबार रकम आधाले घट्यो

बिजमाण्डू
२०७१ भदौ २६ गते ००:०० | Sep 11, 2014
काठमाडौं । १५ अंकभन्दा वढीले घटेपछि कारोबार बन्द हुनु एक घन्टा अघिबाट सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो समय साना तथा नयाँ लगानीकर्ताहरुले सेयर बिक्री गर्न कम गरेपछि बजार फेरि फर्किएको हो ।
 
सुरुदेखि नै निरन्तर घटेको सेयर बजार कारोबार बन्द हुनु एक घन्टाअघिबाट घट्ने दुरी कम गर्दै ०.०३ अंकले बढेर बन्द भएको छ । सेयर बजार ९१० अंकमा बसेको छ । 
 
नियामक निकायहरुले बजार बढ्ने बेला हो भन्दै नडराइ लगानी गर्न आग्रह गरेपछि साना लगानीकर्ताहरुको त्रास केही कम भएपनि पूर्ण हटिसकेको छैन । सेयर ब्रोकर र उनीहरुको मिलेमतोमा केही ठूला लगानीकर्ताहरुले नाफा बुक गर्न थालेकाले बजार घटेको हो ।
 
बैंक तथा वित्तीय संस्थाहरुले आकर्षक लाभांस घोषणा गर्न थालेकाले पनि नयाँ लगानीकर्ताको त्रास केही कम भएको हो । साना लगानीकर्ता बजारमा सक्रिय नहुँदा कारोबार रकम भने औषतभन्दा आधाले घटेको छ । 
दिनभरीमा ३२ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकिङ, विकास बैंक र अन्य समूहमा सुधार आएको छ । बैंक सुचक २.१७ अंकले बढेको छ भने विकास बैंक ०.९२ र अन्य १.१७ अंकले बढेको छ । सबैभन्दा वढी  अंकले भने बिमा, उत्पादनमूलक, होटल, जलविद्युत समूह घटेको छ । 
 
बजारमा ब्रोकर र उनीहरुको मिलेमतोमा ठूला लगानीकर्ताहरुले चलखेल गरेकाले तिब्र उतार चढाव देखिएको हो । ब्रोकर र ठूला लगानीकर्ताले बजारमा अनावश्यक हल्ला चलाएर मूल्य घटाउने आफै किन्ने र फेरि सुधार भयो भनेर मूल्य बढाएर बेच्ने गरेका छन् । छोटो समयमै लाभ लिएर कारोबार गर्न ब्रोकर र केही लगानीकर्ता सक्रिय भएपछि बजारले स्पष्ट दिशा लिन नसकेको हो । 
 
बजारमा सात लाख ७० हजार ३०१ कित्ता सेयर किनबेच भएको छ । १२५ कम्पनीका दुई हजार नौं सय ५७ वटा कारोबार भएका छन् । 

Tata
GBIME
Nepal Life