भाइबर छ ? अब भिडियाे कल गर्नुहाेस्, स्काइपले पनि थप्याे एकैचोटी चार जनासँग कुराकानी गर्ने सुविधा

बिजमाण्डू
२०७१ भदौ २८ गते ००:०० | Sep 13, 2014

स्मार्टफोन र डेस्कटप दुवैमा कल र म्यासेजको सुविधा दिँदै आएको भाइबरले अब भिडियो कलको पनि सुविधा थप गरेको छ । भाइबरले भर्खरै सार्वजनिक गरेको अपडेट भर्सन (.)मा भिडियो कलिङको सुविधा ल्याएको हो ।

Tata
GBIME
Nepal Life

 

एन्ड्रोइड र आइओएस दुवै अपरेटिङ सिस्टम भएको स्मार्टफोन र विन्डोज, विन्डोज ८ र ओएस एक्स डेस्कटपमा पनि भिडियो कल गर्न सकिन्छ । भाइबरका अनुसार मोबाइलबाट डेस्कटप र डेस्कटपबाट मोबाइलमा विश्वभर भाइबरबाट भाइबरमा भिडियो कुराकानी गर्न सक्नेछन् ।

 

नयाँ थपिएको यो फिचर एन्ड्रोइडको भर्सन ४ र आइओइस ६ भन्दा माथिका ओएसमा मात्रै चलाउन सकिन्छ । यदि तपाइँसँग एप्पलको आइओएस ६ र एन्ड्रोइडको ४ भन्दा कमको अपरेटिङ सिस्टम छ भने भिडियो कल गर्न सक्नुहुने छैन ।

 

'हामी मोबाइलमा भिडियो कल ल्याउन डेलिगेटेड थियौँ, ' भाइबरका सिइओ टालमोन मार्कोले भने,'अब तपाइँहरु फोनबाट डेस्कटप, म्याकबुक लगायत अरु डिभाइसमा सजिलै भिडियो कल गर्न सक्नुहुन्छ ।'

 

त्यसो त भाइवरले पहिले नै डस्कटपमा भिडियो कलको सुविधा दिएको थियो ।

 

भिडियो कल साथै भाइबरले क्युआर कोड स्क्यानको सुविधा पनि थपेको छ । जसले गर्दा तपाइँले कसैको विजनस कार्ड पाउनु भयो भने यसले स्क्यानिङ गरिदिन्छ र कन्ट्यक्ट लिस्टमा सो व्यक्तिको नम्बर हसित पुरै ठेगाना सेभ गरिदिन्छ । अब तपाइँले नाम, नम्बर, अफिसको नाम आफैँले लेखिरहनुपर्ने झन्झट हुँदैन ।

 

भाइबरले थपेको अन्य फिचरमा आइओएस प्रयोकर्ताहरुले सजिलै फोटो पठाउन सक्छन् भने कुराकानी रेकर्ड गर्न सक्छन् । आफूलाई चाहेको बेला स्टिकर अन अफ गर्ने सुविधा पनि भाइबरले दिएको छ ।  

एन्ड्रोइड प्रयोगकर्ताले भने फ्रेस नयाँ रिडिजाइन गरिएको भाइवरको अनुभव गर्न पाउनेछन् ।

 

साइप्रसमा आधारित भाइबरको विश्वभरी ४० करोड प्रयोगकर्ता छन् । भाइबरले भिडियो कलको सुविधा ल्याएपछि भिडियो कल गर्न मिल्ने स्काइप, फेसबुक लगायतलाई चुनौती थपिएको प्रविधि विश्लेषकहरुले बताएका छन् ।

 

यसैगरी भाइबरले नयाँ भर्सनमा फिचरहरु थपेपछि स्काइपले पनि एकैचोटी चार जनासँग सामूहिक कुराकानी गर्न मिल्ने विशेषता थपेर अपडेट भर्सन ल्याएको छ ।

 

स्काइपले ल्याएको ५.४ अपडेट भर्सनमा एकैसाथ चारजनासँग कुराकानी गरिरहेको बेला एकजनालाई कुराकानीबाट हटाउन मिल्ने फिचर थपेको छ ।  एजेन्सीको सहयोगमा