चिलेमे हाइड्रोपावरले घोषणा गर्‍यो ३५ प्रतिशत लाभांस, बैंक अफ काठमाण्डुको पनि १०.४२ प्रतिशत बोनस

बिजमाण्डू
२०७१ भदौ २९ गते ००:०० | Sep 14, 2014
चिलेमे हाइड्रोपावरले घोषणा गर्‍यो ३५ प्रतिशत लाभांस, बैंक अफ काठमाण्डुको पनि १०.४२ प्रतिशत बोनस
काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनीले ३५ प्रतिशत लाभांस दिने भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले २० प्रतिशत वोनस सेयर र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको हो। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। 
 

कम्पनीले गत आर्थिक बर्ष ९३ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको चुक्ता पुँजी दुई अर्ब २७ करोड रुपैयाँ छ। वोनस सेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ४५ करोड ४० लाख रुपैयाँले बढ्ने छ। 
 
कम्पनीको प्रति सेयर आम्दानी ४१.३७ रुपैयाँ छ। कम्पनीको मूल्य आम्दानी अनुपात ६६.१३ गुणा र प्रति सेयर नेटवर्थ २९६ रुपैयाँ छ। कम्पनीको प्रति सेयर कुल सम्पतिको मूलय ३०१ रुपैयाँभन्दा वढी छ।
 
त्यस्तै, मर्जर प्रक्रियामा रहेको बैंक अफ काठमाण्डुले पनि १०.४२ 
प्रतिशत बोनस सेयरको घोषणा गरेको छ । बैंक इन्टरनेशनल लिजिङ एण्ड फाइनान्स, श्रीइन्भेष्टमेन्ट एण्ड फाइनान्स, नेपाल एक्सप्रेस फाइनान्ससंगको मर्जरमा छ ।