सेयर बजार बढ्न सकेन, साढे आठ अंक घट्यो, लाभांशले उचालेन चिलिमेको सेयर मूल्य

बिजमाण्डू
२०७१ भदौ २९ गते ००:०० | Sep 14, 2014
सेयर बजार बढ्न सकेन, साढे आठ अंक घट्यो, लाभांशले उचालेन चिलिमेको सेयर मूल्य
काठमाडौं। साताको पहिलो दिन आइतवार सेयर बजारमा सुधार हुन सकेन । पहिलो दिन नै नप्से परिसूचक साडे आठ अंकले घटेर नौं सय दुई बिन्दुमा रहेको छ । बजार खुलेको केही समयदेखि नै घट्ने क्रममा रहेको नेप्से यसदिन पटक पटक यो तहमा तलमाथी गरिरह्यो । 

Tata
GBIME
Nepal Life

३५ प्रतिशत (२० प्रतिशत बोनस, १५ प्रतिशत नगद लाभांश) घोषणा गरेपनि चिलिमे जलविद्युत् कम्पनीको सेयर मूल्यमा सुधार आउन सकेन । कम्पनीको सेयर मूल्य ३५ रुपैयाँले घटेको छ । तर कम्पनीको सेयरसबैभन्दा धेरै चार करोड रुपैयाँको कारोबार भएको छ । 
 

कम्पनीहरुको लाभांशको घोषणा भइरहेको छ । तरपनि मूलयमा भने प्रभाव देखिएको छैन । १६ प्रतिशत बोनस लााभांश घोषणा गरेको मेट्रो बिकास बैंकको सेयर मूल्य ३४ रुपैयाँले घटेर तीन सय ७८ रुपैयाँ भएको छ । २५ प्रतिशत बोनस सेयरको घोषणा गरेको पुर्णिमा बिकास बैंकको सेयर मूल्य पनि दुई रुपैयाँले घटेको छ ।

सिटिजन्स बैंकको बोनस सेयर समायोजन पछिपनि सेयर मूल्य चार रुपैयाले बढेको छ । बैंकले असोज १५ गते हुने साधारण सभामा १८.९५ लाभांश प्रस्ताव लैजादै छ । तर बैंकको सेयरमा गत विहीवारसम्म लगानी गरेकाले मात्र लाभांश पाउने छन । बैंकको मूल्य बढेर चार सय ५२ रुपैयाँ पुगेको छ । मुक्तिनाथ बिकास बैंकले पनि ३८ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको छ । बैंकको सेयर मूल्य भने ५० रुपैयाँले बढेको छ ।

नेको इन्स्योरेन्सको धितोमा रहेको सेयर बिक्री पश्चात् नेप्सेमा अभिलेखिकरण गरिएको छ । कम्पनीको सेयर दुई सय १२ रुपैयाँमा कारोबार भएको हो । कम्पनीको नियमित कारोबारमा भने सेयर मूल्य पाँच रुपैयाँले घटेर पाँच सय ५० भएको छ ।

ललितपुर फाइनान्स र अरुण फाइनान्स मर्जरमा जान लागेको कारण ललितपुरको कारोबार रोक्का गरिएको छ । कारोबारमा आएको एक सय २४ कम्पनीमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ । 

आइतवार चार ब्रोकर कम्पनी कारोबारबाट आउट भएका छन । ब्रोकर नम्बर ५ र २१ राफसाफको लागि रकम नबुझाएको कारण र ब्रोकर नम्बर ३८ र ५९ प्रमाण पत्र नबुझाएकोले आउट भएका हुन । यस दिन कारोबार रकम पनि केही सुस्तिएको छ । यस दिन ३४ करोड ३१ लाख रुपैयाँको कारोबार भयो ।