अर्थमन्त्रीः सेयर बजारका लगानीकर्ता डराउनु पर्ने कारण छैन, बजार जसरी घटेको छ त्यो ठिक होइन

बिजमाण्डू
२०७१ भदौ २९ गते ००:०० | Sep 14, 2014
अर्थमन्त्रीः सेयर बजारका लगानीकर्ता डराउनु पर्ने कारण छैन, बजार जसरी घटेको छ त्यो ठिक होइन
काठमाडौंं। ३० कार्यदिमा सेयर बजार २०० अंकभन्दा वढीले घटेपछि लगानीकर्ताहरु आत्तिएका छन्। सेयरका लगानीकर्ता तथा सरोकारवालाहरुले सरकारी आधिकारिक धारणा आउनु पर्ने बताउँदै आएका थिए।
 
यसै शिलशिलामा बिजमाण्डूले अर्थमन्त्री डा. रामशरण महतसँग तपाईकै पालामा सेयर बजार महिना दिनमा २०० अंक बढीले घट्यो नि भनेर सोधेको थियो। 

Tata
GBIME
Nepal Life

 

बजार जसरी घटेको छ त्यो ठिक होइन। र जसरी वढेको थियो त्यो पनि ठिक थिएन । त्यो बेला स्केपुलेटिभ हिसाबले बढेको थियो। त्यस्तरी बढेपछि अलिकति घट्ने स्थिति त आउँथ्यो आउँथ्यो। तर अहिले जसरी घटेको छ त्यसरी घट्नु पर्ने चै होइन।

बिजमाण्डूको प्रश्नमा अर्थमन्त्री डा. महतले भने– सेयर बजारका लगानीकर्ता निरास हुनु पर्ने अवस्था छैन। 

अर्थमन्त्री डा. महतले अर्थव्यवस्था राम्रो रुपमा अगाडि वढिरहेकाले सेयर बजारका लगानीकर्ता निरास हुनु नपर्ने बताए। 'समग्रमा के भन्छु भने देशको अर्थव्यवस्था अगाडि वढ्छ।

लगानीकर्ताले निरास हुनु आवश्यक छैन। धेरै स्केपुलेटिभ हिसावले एकैचाटी फाइदा लिन्छु भन्ने हिसावले उथलपुथल गर्नु पनि उचित हुँदैन।'
 


डा. महतले बजारका बारेमा बिजमाण्डूसँग यसो भने। अडियो सुन्नुस् 

 

अर्थमन्त्रीले सेयरमा लगानी गर्दा होसियारीपूर्ण लगानी गर्न आग्रह गर्दै जथाभावी लगानी गर्दा घाटा हुने बताए। 'जथाभावी लगानी नगर्ने, वुझेर कम्पनीको क्षमता कम्पनीको नाफा समग्र सुचना लिएर लगानी गर्दा नोक्शान हुँदैन,' डा. महतले भने। 
 
महतले अहिले सेयर बजार घट्नु पर्ने कुनै पनि कारण नरहेको भन्दै सबै कुरा राम्रो हिसाबले अगाडि बढिरहेकाले बजार अवश्य बढ्ने बताए। 'बजार क्रमिक रुपमा वढेको दिगो हुन सक्छ। अस्वभाविक रुपमा वढेको दिगो हुन सक्दैन,' उनले भने। 
 
उनले केही लगानीकर्ताहरुले नीतिगत स्थिरता भएन भन्ने कुराहरु आफूलाई सुनाएको भन्दै  यस बारेमा आफूले पनि बुझ्न बाँकी रहेकाले बुझेर मात्र धेरै कुरा गर्न सक्ने बताए। 
 
'बजार जसरी घटेको छ त्यो ठिक होइन। र जसरी वढेको थियो त्यो पनि ठिक थिएन,' उनले भने, 'त्यो बेला स्केपुलेटिभ हिसाबले बढेको थियो। त्यस्तरी बढेपछि अलिकति घट्ने स्थिति त आउँथ्यो आउँथ्यो। तर अहिले जसरी घटेको छ त्यसरी घट्नु पर्ने चै होइन।'
 
उनले कतिपयले लगानीकर्ताले बजार राष्ट्र बैंकको नीति बेला बेलामा बद्लिएकाले घटेको भनेर आफूलाई सुनाएको जानकारी दिँदै यस बारेमा अलिकति बुझ्न बाँकी रहेको बताए।  
 
'पक्का पनि हाम्रो सरकार बनेपछि लगानीकर्ताको आत्मविश्वास बढेको छ। अहिले जसरी नयाँ लगानीकर्ताहरु आएका छन् स्टक मूल्य बढेको छ त्यो सकारात्मक हो,' उनले भने, 'तर अस्वभाविक रुपमा बढेपछि केही घट्नु स्वभाविक हो। तर अहिले जसरी घटेको छ त्यो पनि अनयुजल हो।'