अब प्रभु बैंक, निजी क्षेत्रका बैंकमध्ये ठूलो सञ्जाल

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
अब प्रभु बैंक, निजी क्षेत्रका बैंकमध्ये ठूलो सञ्जाल
काठमाडौं । प्रभु बैकको एकिकृत कारोबार आइतबारदेखि सुरु भएको छ । किष्ट बैंक, प्रभु विकास बैंक, गौरीशंकर डेभलपमेन्ट बैंक र जेनिथ फाइनान्स एक आपसमा गाभिएर (मर्ज भएर) प्रभू बैक बनेको हो ।
 

Tata
GBIME
Nepal Life

करिव एक महिना अघि मर्जलार्इ नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको थियो । चार बै‌कवीच मर्जपछि प्रभु बै‌कका नामबाट कारोवार थालेका हुन् ।

दुई अर्व चुक्ता पुँजी रहेको किस्ट वाणिज्य बैंक थियो भने प्रभु राष्ट्रिय स्तरको विकास बैंक थियो । जेनिथ पनि राष्ट्रियस्तरको फाइनान्स कम्पनी हो भने गौरीशंकर क्षेत्रीयस्तरको विकास बैंक हो ।


 
बैकको चुक्ता पुँजी तीन अर्ब आठ करोड रुपैयाँमा छ । मर्जरपछि ३० वटा वाणिज्य बैंकमध्ये चुक्ता पुँजीको आधारमा प्रभु सातौं, जगेडा कोषको आधारमा १२ भित्र, निक्षेपको आधारमा १५ भित्र, लगानीको आधारमा २० भित्र परेको छ ।

प्रभु बैंक एक सवल, सक्षम र सफल बैंकको रुपमा स्थापित भई सन्तोषजनक बैंकिङ्क कारोबार गर्ने विश्वास बैंकको छ ।

Bank (000) paid up according to swap  swap ratio profit/loss 4Q Deposit loan  Reserve
Kist bank 1946200 97.31 -240612 19835166 13732575 -815833
Gauri shankar 227512 107.31 46069 1385397 1096709 123826
Zenith finance 213236 92.31 40928 992135 874696 63155
Prabhu bikas 821955 107.31 NA NA NA NA

किष्ट बैंकको प्रति सय सेयर बराबर ९७.३१, प्रभु विकास बैंकको सय सेयर बराबर १०७.३१, गौरीशंकर डेभलपमेन्ट बैंकको पनि १०७.३१ र जेनिथ फाइनान्सको प्रति सय सेयर बराबर ९२.३१ सेयर स्वाप रेसियो कायम गरि चारवटै सस्थाले पारित गरेका थिए ।
 

प्रभु विकास बैंकको चैतसम्म ७६ करोड ५९ लाख रुपैयाँ, किस्ट बैंकसँग दुई अर्ब रुपैयाँ, गौरीशंकर डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २१ करोड रुपैयाँ र जेनिथ फाइनान्सको  २३ करोड रुपैयाँ चुक्ता पुँजी थियो ।

सेयर स्वाप रेसियाको संरचनाअनुसार किष्ट बैंकसँग एक अर्ब ८४ करोड ६२ लाख, प्रभुसँग ८२ करोड १८ लाख, गौरिशंकरको २२ करोड ५३ लाख र जेनिथ फाइनान्सको १९ करोड ३८ लाख रुपैयाँको चुक्ता पुँजी भएको थियो ।

विकास बैक हुँदा प्रभुसँग जगेडा कोषमा रहेको ३० करोड जेनिथ फाइनान्ससँग चार करोड ३५ लाखर गौरिशंकर विकास बैंकको जगेडा कोषमा दश करोड ६५ लाख रुपैयाँ पनि एकै बैंकमा थपिएको छ । त्यसैगरी किष्ट  बैंकको जगेडा कोष ७७ करोड रुपैयाँले ऋणात्मक थियो ।

तीन वटा सस्थाबाट पैसाले कोष सकारात्मक हुनेछ। सेयर रेसियो अनुपातका कारण झण्डै १८  करोड रुपैयाँ जगेडा कोषमा जानेछ । बैंकको लोगो नेपाली परिवेश अनुसार पिपलको पात आकारको बनाई  बिचमा किष्ट शब्द लेखिएको छ ।

प्रभु बैंकको सञ्चालक संख्या सात जना रहने र सञ्चालक समितिको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् । बैंकको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल र नायब प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन् ।

मर्जपछि बैंकको शाखा संख्या ११२ वटा पुगेको छ भने एटीएम संख्या ११० भन्दा बढी छन ।  यो शाखा सञ्जालका हिसावले निजी क्षेत्रका बैंकमा सबैभन्दा बढी हो । त्यसैगरी बैंकमा १२ सय कर्मचारी छन भने ग्राहक संख्या सात लाख भन्दा धेरै रहेको बैंकले जनाएको छ ।