नेसनल बैंकिङ इन्स्ष्टिच्युटले संस्थागत सुशासन सम्मेलन गर्दै, सुशासनमा हामी कहाँ चुक्यौ ?

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
काठमाडौं। नेशनल बैंकिङ ईन्ष्टिच्युटले यो वर्ष पनि संस्थागत सुशासन सम्बन्धि सम्मेलनको आयोजना गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) सँगको सहकार्र्य र एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हुन लागेको यो सम्मेलनलाई कर्नाटक बैंक, भारतका सञ्चालक राममोहन बेले, सिटि बैंक बङ्गलादेशका पूर्व प्रमुख कार्यकारी अधिकृत मोहमद सत्तार जस्ता विज्ञहरुले सम्बोधन गर्ने छन्। 
 

साथै अाइएफसीका विज्ञहरु लगायत एसएआइएमका डिन डा. बिजय केसी, ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र वाटर एड नेपालका पूर्व राष्ट्रिय प्रतिनिधि आशुतोष तिवारी लगायतका विज्ञहरुबाट यससँग सम्बन्धित विषयहरुमा समूहगत छलफलहरुमा भाग लिने छन्। सम्मेलन असोज १ गते काठमाण्डौमा हुदै छ। 


 

संस्थागत सुशासन — हामी कहाँ चुक्यौं?
संस्थागत सुशासन अब नेपालमा कुनै नौलो बहसको विषय रहेन। विगत ५ वर्षदेखि नेशनल बैंकिङ ईन्ष्टिच्युट यस विषयलाई बहसको मुद्दा बनाई विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आई रहेको छ। तथापी हाल पनि वित्तीय र कर्पोरेट क्षेत्रमा संस्थागत सुशासनमा विचलनका कुराहरु बराबर बाहिर आईरहेका छन्।  
 
हालसम्म नेपालमा दुई दर्जन भन्दा बढी वित्तीय संस्थाहरु समस्यामा परी सकेका छन्। त्यस्ता संस्थाहरुबाट निक्षेपकर्ताहरु पैसा फिर्ता पाउने आशमा पर्खेर बसेको धेरै समय भैसक्यो।

सरोकारवालाहरुमा बैंक कसको हो त भन्ने कुराको बुझाई प्रष्ट हुन सकेको छैन। संस्थागत सुशासन सम्बन्धी गोष्ठी र कार्यक्रमहरुमा ठूलो संख्यामा सञ्चालकहरु र अध्यक्षहरु नै अनुपस्थित देखिन्छन्। 
 

सञ्चालक समितिले संस्थागत सुशासन प्रतिको आफ्नो उत्तरदायित्व मनन् गरेको देखिँदैन। उच्च व्यवस्थापकको संस्थागत सुशासन सम्बन्धी भूमिका के हो त? यो स्थितिको लागि जिम्मेवार को हो त?  यी अनुत्तरित प्रश्नहरु हुन्।