गभर्नरले भनेः हामी आफैले गरेको गल्ती सुधारको प्रक्रियामा छौं, वित्तीय सस्थालाई हृदयघात हुन्छ

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
गभर्नरले भनेः हामी आफैले गरेको गल्ती सुधारको प्रक्रियामा छौं, वित्तीय सस्थालाई हृदयघात हुन्छ

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले मर्जलाई प्राथमिकता दिएर पहिला गरेको गल्ती सच्याउने काम गरिरहेको बताएका छन्। पहिला जथाभावी सस्था खोल्न दिएर गरेको गल्ती मर्ज गराएर सच्याइरहेको उनले बताएका हुन्।

Tata
GBIME
Nepal Life

प्रभु विकास बैंक, किष्ट बैंक, गौरीशंकर विकास बैंक र जेनिथ फाईनान्स मर्ज भएर बनेको प्रभु बैंकको एकिकृत कारोबार सुरु गर्न सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सबै समस्याको अचुक उपचार मर्ज नभएको पनि उनले बताए।

'कहिले कही बैंकिङ प्रणालीमा पनि हृदयघात, मस्तिष्कघाट वा पक्षघात हुनसक्छ, गभर्नर खतिवडाले भने, त्यसैले डाक्टरका नियमित परीक्षण गर्नुपर्छ। नियमित परीक्षण गर्न जान झण्झट मान्ने केही साथीले हामीलाई केन्द्रिय बैंकले माइक्रो मेनेजमेन्ट गर्यो भन्ने आरोप पनि लगाउनु हुन्छ।' दक्ष जनशक्ति भएर मात्रै नहुने, भएको जनशक्तिले प्रभावकारी रुपमा वित्तीय स्वास्थ्य बलियो हुनेगरी काम गरिदिनु पर्ने उनले बताए। सकेसम्म समस्या आउन नदिने गरी काम गर्ने र त्यसका लागि केन्द्रिय बैंकले पनि सक्दो प्रयास गर्ने जानकारी उनले दिए।

'ठूलो भएकै भरमा फेल नहुने भन्ने होइन, गभर्नरले भने, मर्जरलाई पनि दुर्घटना टार्ने एउटा प्रयासको रुपमा हामीले लिएका हौं। यो सुधारगृहमा राख्ने अवसर हो।' प्रभुको भवन, वित्तीय अवस्थालगायतले बैंकलाई सवल देख्न सकिने उनले बताए। सस्थालाई केमिकल हालेर फुलाएको लौका जस्तो नबनाउन उनले सञ्चालक तथा व्यवस्थापकलाई आग्रह गरे। अप्राकृतिक रुपमा सस्था ठूलो बनाउँदा राम्रोसँग नचल्ने नेपाल भित्रकै उदाहरणले पुष्टि गरिसकेको उनले बताए।

नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारीले आफू ठीक भएमात्रै सबै ठीक हुने भएकोले पहिलो सुधार आफैबाट गर्नुपर्ने बताए। बैंकिङलाई हातको पञ्जासँग तुलना गर्दै पाँच मध्ये दुई वटा औलाले आफ्नो सुधार र तीन वटाले ग्राहकको अवस्था मुल्यांकन गर्ने उनले बताए। आफूतिर फेर्केका दुई मध्ये एउटाले औंलाले आफूले कर्जा नलिएको र अर्को औलाले कर्जा दिदा आफूहरु कुनैपनि प्रलोभनमा नफसेको देखाउने बताए। त्यस्तै ग्राहक तिर फेर्केका तीन वटा औलाले व्यक्ति असल छ, उसको आम्दानी असल छ र धितो सुरक्षण असल छ भन्नु पर्ने उनले बताए। यति भए बैंकिङ क्षेत्रमा कुनै समस्या नआउने उनको दावी छ।

भण्डारीले मर्ज ठीक भएपनि कुन हदसम्म ठीक हुने स्पष्ट गर्नुपर्ने बताए। मर्जरका नाममा मनोपोली सिर्जना गर्न नहुने उनले बताए। राष्ट्र बैंकले नयाँ लाइसेन्सिङको पोलिसी ल्याउनु पर्ने, दीर्घकालसम्म लाइसेन्स रोक्न नहुने उनको भनाई छ।

प्रभु बैंकका अध्यक्ष देवी प्रकास भट्टचनले आठ वर्ष अघि तीन करोड रुपैयाँमा सुरु भएको प्रभु वित्तीय सस्था अहिले तीन अर्ब २० करोड रुपैयाँको सस्था बनेको बताए। उनले चालु आर्थिक वर्षको पहिलो व्यालेन्ससिट आउँदा नै सस्था नाफामा जाने बताउँदै केही महिना भित्रै अर्को एउटा सस्था एक्विजिसन (खरिद) गर्ने जानकारी पनि दिए। केही वर्षभित्रै प्रभुका लागि विदेशी रणनीतिक साझेदार भित्र्याउन आफूले पहल गर्ने जारीकारी पनि दिए।

मर्जर समितिका संयोजक राम बहादुर पाण्डेले मर्ज पछि बैंकको चुक्तापुँजी तीन अर्ब २० करोड रुपैयाँ पुगेको जानकारी दिदै शाखा संख्या पनि एक सय १२ र एटिएम एक सय नौ वटा रहेको बताए। उनले मर्जमा सघाउने सञ्चालक तथा कर्मचारीलाई धन्यवाद दिए।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतले प्रभु बैंकको सलफताका लागि शुभकामना दिएका थिए।