कतार एयरवेजको ‘द वर्ल्ड इज योर’ योजना सार्वजनिक, फर्किँदा लाग्ने टिकट शुल्कमा २५ प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
काठमाडौं । कतार एयरवेजले २५ प्रतिशतसम्म छुट दिने भएको छ । 'द वर्ल्ड इज योर' अर्थात्'यो संसार तपाईंकै' योजना अन्तर्गत कतार एयरवेजले कतार र विश्व भरिका रहेका आफ्ना ग्राहकलाई सो छुट दिन लागेको हो । कतारबाट सुरु हुने हरेक इकिनोमी र बिजिनेस क्लासको फ्लाइटमा यात्रा गर्ने ग्राहकले कतार फर्किँदा लाग्ने टिकट शुल्कमा मात्रै २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

Tata
GBIME
Nepal Life

यो योजना बिजेनेस क्लास फ्लाइट सञ्चालन नहुने रुटहरुमा पनि भ्यालिड हुनेछ । यो योजना तीन दिनसम्म लागु हुनेछ । स्थानीय समयअनुसार आज राती १२ बजेबाट सुरु हुने यो योजना आउँदो सेप्टेम्बर १७ तारिख २३:५९ मा सकिने छ ।
 
ग्राहकले यो तीन दिनभित्र सेप्टेम्बर २१ देखि १५ जुनसम्मको टिकटमा मात्रै छुट पाउनेछन् । कतार एयरवेजको अफिसियल वेबसाइट qatarairways.com/worldpromo मा लगइन गरेर टिकट बुक गर्न सकिने छ र छुट पाउन सकिनेछ ।
 
अन्य जानकारी र स्थानिय बुकिंग प्राप्त गर्न यात्रुहरुले आफ्नो नजिकैको ट्राभल एजेन्टसँग सम्पर्क गर्न एयरवेजले आव्हान गरेको छ । प्राप्त सिटहरु भने सिमित रहेका र त्यही अनुसार उपलब्ध हुने जनाइएको छ ।नेपाल सहित विश्वका १३० भन्दा बढी गन्तव्यहरुमा कतार एयरवेजले अहिले उडान भरिरहेको जनाएको छ ।

संचालनमा आएको १६ वर्षमै अन्तर्राष्ट्रिय उडानको क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्न सफल भएको एयरवेजले दाबी गरेको छ । कतार एयरवेजले युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्यासिफिक र अमेरिकामा उडान भरिरहेको छ ।