कोकाकोला ‘चान्स टु फ्लाइट टु ब्राजिल’ क्याम्पेनका चारजना भाग्यमानी विजेताले साँटे अनुभव

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
काठमाडौं । 'स्टेडियममा करिब ६१००० दर्शकहरु थिए। 'आफ्नो मनपर्ने टिमका लागि दर्शकहरुको समर्थन अत्यधिक थियो। मैले वर्ल्डकपमा अर्जेन्टिनाको समर्थन गरेको थिएँ र अरु फुटबल प्रेमीहरुकोबीच बसेर चियर्स गर्न पाउँदा म अत्यधिक खुसी थिएँ,' निकै हर्षित देखिने शंकर पौडेलले कोका–कोला क्याम्पेनले जुराइदिएको अवसरबारे अनुभव बाँडे ।
उनी कोका–कोला 'चान्स टु  फ्लाइट टु ब्राजिल' (युटिसी) क्याम्पेनका विजेता मध्ये एक हुन् ।
कोका–कोलाले अप्रिलमा नेपालभरीका फुटबल समर्थकहरुलाई एकै ठाउँ ल्याउन विशेष क्याम्पेन चलाएको थियो ।
यसका विजेताहरु पोखराका शंकर पौडेल, काठमाडौंका टेकबहादुर मल्ल र टंक बहादुर पाण्डे र झापाका डिल्ली राईलाई ब्राजिल लगिएको थियो । 
यी चारजना भाग्यमानी विजेताहरुले अर्जेन्टिना र बेल्जियम विरुद्धको खेल हेर्ने अवसर पाएका थिए।
काठमाडौंका टेक बहादुर मल्लले भने, 'मेरो वर्ल्डकप खेल प्रत्यक्ष हेर्ने सपना, कोका–कोलाले साकार पारेको थियो। हामी कोका–कोला प्रति अभारि छौं र भविष्यमा पनि अझै धेरै ग्राहकहरुले यस्तै अवसर पाउने छन् भन्ने आशा गर्दछौँ।'
यस्तै अर्का विजेता झापाका डिल्ली राई भन्छन्, 'खेल हेर्नुको साथसाथै, विजेताहरुलाई दृश्य अवलोकनका लागि ब्राजिलको विभिन्न सहरहरुमा लगिएको थियो। पहिलोपटक कोकले हामीहरुलाई ४० करोड जनसंख्या भएको ठूलो मेट्रोपोलिटन सहर साओ पोउलो लगेको थियो। त्यसपछि, हामी रियो डे जनेरियो गयौं, र त्यहाँ क्राइस्ट द रिडिमरको भव्य मूर्ति हेर्‍यौं, जुन विश्वकै सातौं आश्चर्य मध्य पर्दछ । ब्राजिलको सम्झना जीवनभर संगालेर राख्नेछु।'
टंक बहादुर पाण्डे भन्छन, 'हामीले ब्राजिल पनि नेपाल जस्तै प्राकृतिक सौन्दर्यले भरिपुर पायौं। सबै ठाउँहरु साच्चिकै रमाइलो र अद्रभुत थिए। हामी दृश्य अवलोकनका लागि रियो डे जनेरियो, ब्राजिलिया र साओ पाउलो गयौं र साओ पाउलोमा खेल हेर्‍यौं।'
कोका–कोला नेपाल र भुटानका कन्ट्री मेनेजर अलोक कोहली भन्छन्, 'हामी नेपाललाई ब्राजिल लगेर, विश्वको सबैभन्दा ठूलो खेल समारोहको प्रत्यक्षदर्शी हुने अवसर प्रदान गर्न चाहन्थ्यौं। हामी नेपालका जनताहरुमा फुटबलको खुसीको सानो क्षण ल्याउन पाउँदा धेरै खुसी छौं। उनीहरुले यात्रा र खेल दुवै मनपराए र  कोका–कोलाले उनिहरुको सपना साकार बनाउन सकेकोमा हामी धेरै खुसी छौं!'
एकहजार भन्दा बढी ग्राहकले २५ सय कोका–कोला विशेष मर्चेन्डाज र ४५ दिन सम्म साप्ताहिक लक्की ड्रबाट रिफ्रेसिङ्ग कोका–कोलाका उत्पादनहरु जितेका थिए।

Tata
GBIME
Nepal Life