क्लासिफाइएडको एप्स डाउनलोडमा अफर, सामसुङ नोट थ्री मोवाइल उपहार जित्ने अवसर

बिजमाण्डू
२०७१ भदौ ३० गते ००:०० | Sep 15, 2014
क्लासिफाइएडको एप्स डाउनलोडमा अफर, सामसुङ नोट थ्री मोवाइल उपहार जित्ने अवसर

काठमाडौं । क्लाइसिफाइड (ClassifiAd) विज्ञापनको मोवाइल एप निर्माता क्लासिफाइएडले चाडपर्वलाई लक्षित गरी डाउनलोड एण्ड विन अफर ल्याएको छ । यो योजना आउँदो सेप्टेम्बर १ तारिखबाट लागू हुने कम्पनीले जनाएको छ ।

यो योजना अनुसार गुगल प्लेमार्फत आफ्नो एन्ड्रोइड फोनमा क्लासिफाइड एप डाउनलोड गर्ने मध्येबाट लक्की ड्रमार्फत एक जनाले सामसुङ ग्यालेक्सी नोट थ्री मोवाइल हात पार्ने क्लासिफाइएडले जनाएको छ । कम्पनीले यो योजना आउँदो नोभेम्बर १ सम्म रहने र लक्की ड्र पनि सोही दिन सार्वजनिक गर्ने जनाएको छ ।

Tata
GBIME
Nepal Life

क्लासिफाइएड मोवाइल एप्लिकेशनमार्फत गरिने निशुल्क क्लासिफाइड विज्ञापन हो । यसले मानिसहरुलाई मोवाइलमार्फत नै नयाँ सामान किन्न तथा बेच्न अवसर दिन्छ ।

यसमा विक्रेताले आफूले बेच्ने सामानको बारेमा विभिन्न जानकारी सहित उल्लेख गर्न पाउँछन् भने खरीद गर्न चाहनेले पनि विज्ञापनमार्फत उपलब्ध सामान खरीद गर्न तथा विक्रेतालाई सिधै सम्पर्कसमेत गर्न पाउँछन् ।