घरेलु विभागमा ४० वटा जागिर खुल्यो, स्नातकदेखि एसएलसी पाससम्मले आवेदन दिन पाउने

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
घरेलु विभागमा ४० वटा जागिर खुल्यो, स्नातकदेखि एसएलसी पाससम्मले आवेदन दिन पाउने
काठमाडौं। घरेलु तथा साना उद्योग विभाग समितिले ४० जना कर्मचारी खुला प्रतियोगितात्मक परीक्षाबाट नियुक्त गर्ने भएको छ। समितिले मंगलबार सुचना प्रकाशित गर्दै १५ जना अघिकृत र बाँकी अन्य पदमा गरेर ४० जनालाई नियुक्त गरिने जनाएको छ।
 
समितिले प्रशासन समूहतर्फ तह छ का लागि आठ जना अधिकृत माग गरेको छ। यो पदका लागि स्नातक उत्तिर्ण हुनु पर्ने छ। समितिले प्रशासनअन्तर्गत लेखा समूहबाट लेखा अधिकृत पनि सात जना माग गरेको छ। यसका लागि बाणिज्य प्रशासनमा स्नातक उत्तिर्ण हुनु पर्छ।
 
समितिले प्रशासन अन्तर्गत पाँच तहका लागि नायव सुब्बा माग गरेको छ। यो पदका लागि सात जना माग गरिएको छ। यसका लागि प्रमाणपत्र तह उर्त्तिण हुनु पर्ने छ। साथै सोही तहमा प्रशासनको लेखापालमा चार जना माग गरिएको छ। यो पदका लागि वाणिज्य प्रशासनमा प्रमाणपत्र उत्तिर्ण हुनु पर्छ।
 
समितिले प्रशासनतर्फ चार तहमा चार १० जना माग गरेको छ। खरिदार तहको लागि प्रवेशिका परीक्षा उत्तिर्ण हुनु पर्ने छ। यसैगरी प्रशासनतर्फ तीन तह अर्थात मूखियामा चार जना माग गरिएको छ। यो पदका लागि दश कक्ष उत्तिर्ण हुनु पर्छ।
 
कहाँ फारम भर्ने?
इच्छुकहरुले एक महिनाभित्र फारम भरिसक्नु पर्ने हुन्छ। फारम समितिको त्रिपुरेश्वरस्थित कार्यालयमा बुझाउनु पर्छ। परीक्षा लिखित र मौखिक हुने छ। समितिले परीक्षा केन्द्र पछि तोक्ने जनाएको छ। 
 
परीक्षा दस्तुर कति?
समितिले तह छका लागि परीक्षा दस्तुर ८५० रुपैयाँ तोकेको छ। तह पाँचका लागि ६२५, तह चारका लागि ५२५ र तह तीनका लागि ४२५ रुपैयाँ लाग्ने छ। समावेशीतर्फ पनि फारम भर्नेले प्रत्येक समूहका लागि अतिरित्त शुल्क पनि बुझाउनु पर्ने हुन्छ। अधिकृत तहले तीन सय र बाँकीले दुई सय रुपैयाँ वुझाउनु पर्ने हुन्छ।
 

फारम डाउनलोड गरेर ए४ साइजमा प्रिन्ट गरेर भर्न सकिन्छ। by Sudarshan Sapkota

Tata
GBIME
Nepal Life