सौराहाको जङ्गल सफारी लजमा दसैंतिहार धमाका, साढे पाँच हजारमा दुई रात तीन दिनको प्याकेज

बिजमाण्डू
२०७१ भदौ ३१ गते ००:०० | Sep 16, 2014
सौराहाको जङ्गल सफारी लजमा दसैंतिहार धमाका, साढे पाँच हजारमा दुई रात तीन दिनको प्याकेज
काठमाडौं। पर्यटकीय स्थल सौराहामा रहेको जङ्गल सफारी लजले आन्तरिक पर्यटकलाई लक्षित गरी 'दसैं तिहार धमाका' योजना ल्याएको छ। असोज १ देखि कार्तिक मसान्तसम्म लागु हुने यस योजना अन्तर्गत पर्यटकले दुई रात तीन दिनको प्याकेज मात्र पाँच हजार पाँच सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन्। 

Tata
GBIME
Nepal Life


 

प्याकेजमा सहभागी हुनेले लन्च, डीनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए। उनका अनुसार पर्यटकहरुले सौराहामा हात्ती सफारी, डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।

'हामीले विदाको समयमा आन्तरिक पर्यटकलाई लक्षित गरी यो योजना ल्याएका हौ,' घिमिरेले भने। सहुलियत मुल्यमा पूर्ण वातारण अनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको सबै गतिविधिमा सहभागी हुन सक्ने पनि प्याकेजमा रहेको उनले जानकारी दिए। 
 

सौराहालाई लोकप्रिय पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नको लागि विभिन्न प्याकेज योजना ल्याएको भन्दै उनले भने, 'हामीले गत वर्ष पनि यस्तै योजना ल्याएका थियौं, सफल भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं।' झन्डै चार वर्ष अघि नयाँ संरचना सहित सञ्चालनमा आएको यस होटेलले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ।